उपाहार न्यूज
उदययुर असार ७
जिल्ला समन्वय समिति उदयपुरको निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको छ । सत्तागठबन्धन दलबाट नेकपा एसले समन्वय प्रमुख पाए संगै नेकपा एसका गौर बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । यता एमालेबाट इन्द्रराज कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धन दलबाट नेकपा एसले समन्वय समितिको प्रमुख, नेपाली कांग्रेसले उप प्रमुख सहित तीन सदसय र माओवादी केन्द्रले चार सदस्य प्राप्त गरे संगै उम्मेदवारी दर्ता गराएका छन् ।
समन्वय समितिको उप प्रमुखको लागि नेपाली कांग्रेसका तेज प्रसाद गिरी र एमालेकी हेमकुमारी विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सदस्यको लागि नेपाली कांग्रेसका भिमचन्द्र राई, बिष्णु कटुवाल, मन्जुकुमारी परियारले उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रबाट इन्द्र बहादुर थापा, पदकुमार राई, गोमा कार्की र विन्दाकुमारी विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । यता एमालेबाट गणेशबहादुर श्रेष्ठ, तेज बहादुर थापा, सर्वजित राई, अंगुरा परियार, आशा परियार र नारायण राईले सदस्य पदमा उम्मेदवारी दिएका छन् । जिल्ला समन्वय समितिको निर्वाचनको लागि आगमी बिहिबार निर्वाचन हुने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।