विश्वराज तामाङ
उदयपुर जेठ ३०
उदयपुरको रौतामाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को निति कार्यक्रम तथा बजेट निर्माण गर्नका लागि गाउँपालिकाबासीहरु संग सुझाब संकलन गर्न सुरु गरेको छ । गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट निति तथा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाको सबै क्षेत्र संग राय सुझाब संकलन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बीरेन्द्र आलेमगरले बताउनु भयो । गाउँपालिकाको बजेटलाई पारदर्षि र प्रभावकारी बजेट निर्माणको लागि सुझाब संकलनको काम सुरु गरिएको अध्यक्ष मगरले बताउनु भयो । स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागीतामा गाउँपालिकको विभिन्न सरोकारका क्षेत्रका प्रतिनिधिमुलक सहभागीतामा गाउँपालिकाले सोमबार देखि सुझाब संकलन गर्न सुरु गरेको छ हो ।
गाउँपालिकाको आगामी आर्थिक बर्षका लागि ५४ करोड ४९ लाख बजेटबाट गाउँपालिकामा कस्ता योजनाहरु निर्माण गर्ने त्यसको तयारी सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगन्द्रराज गुरुङले जानकारी दिनु भयो । प्रमुख प्रशाकीय अधिकृत योगन्द्रराज गुरुङका अनुसार सोमबार गाउँपालिका केन्द्रमा गाउँपालिकामा भ्रष्टचार बिरोधि अभियानका युवाहरुले २२ बुदे सुझाब व्यक्त गर्नु भएको बताउनु भयो ।
सोमबार युवाहरुले गाउँपालिकामा भ्रष्टचार सन्य सहनशिलतामा झार्नु पर्ने निति बजेट र कार्यक्रम प्रभावकारी ढंगबाट संचालन हुने गरि निर्माण गरिनु पर्ने सुझाब राखेका थिए । गाउँपालिकामा अघिल्लो सरकारले गरेको कमिकम्जोरीको बिषयमा आफुहरुले विगतमा उठाएको प्रश्न भित्र रहेर छानविन समेत गरिनु पर्ने माग राखिएको युवा सुरेन चाम्लीङ राईले बताउनु भयो ।

युवाहरुले स्थानिय शिक्षाको गुणस्तर बृद्धि गर्नु पर्ने, कृषिलाई व्यवसायीकरण तर्फ उन्मुख गराउनु पर्ने लगायतको माग राखिएको राईले बताए । गाउँपालिकाका जनप्रतिनिधिहरु विभिन्न राजनैतिक दल र आस्था राख्ने व्यक्तिहरु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएकाले गाउँपालिकाले सबैको भावानालाई प्रतिनिधित्व हुने गरी बजेट तथा कार्यक्रम निर्माण गर्ने तयारीमा रहेको गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापाले जानकारी दिनु भयो ।
उपाध्यक्ष थापाका अनुसार पक्ष र प्रतिपक्ष नभनी सबै दल, क्षेत्र, वर्गले अपनत्व लिने गरी निति तथा कार्यक्रमको तर्जुमा गरिने बताउनु भयो । स्थानिय नागरिकहरुले भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायत आधारभुत आवश्य क्ताको क्षेत्रको पहिचान गरि बजेट निर्माण गर्न सुझाब प्राप्त भएको उपाध्यक्ष थापाले बताउनु भयो । रौतामाई गाउँपालिकामा सोमबारनै गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु संग पनि सुझाब संकलन गरेको छ । शिक्षक तथा अभिभावकहरुले गाउँपालिकाले निति तथा कार्यक्रम निर्माण गर्दा शिक्षाको गुणस्तरबृद्धि हुने किसिमको कार्यक्रम निर्माण गर्नु पर्नेमा जोड दिएका थिए । गाउँपालिकाले अब मंगलबार (जेठ ३१) कृषि, पशु तथा सहकारी क्षेत्रका सरोकारवाला, असार १ गते महिला, बालबालिका, जेष्ठ नागरिक, जनजाती तथा पिछडिएको क्षेत्रका प्रतिनिधिहरु संग सुझाब संकलन गर्ने कार्यक्रम रहेको रहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्रराज गुरुङले जानकारी दिनु भयो ।
यता असार २ गते स्वास्थय तथा बहुक्षेत्रीय पोषणका प्रतिनिधिहरु संग पालिकाको आगामी निति तथा कार्यक्रमको बजेट निर्माणको लागि सुझाब संकलन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।