Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा कार्यपालिका निर्वाचन ८ पदको लागि १६ जनाको उम्मेदवारी

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २६ २०७९
त्रियुगा कार्यपालिका निर्वाचन ८ पदको लागि १६ जनाको उम्मेदवारी

उपाहार न्यूज
उदयपुर जेठ २६
त्रियुगा नगरपालिकाको नगर कार्यपालिकाको लागि आगामी जेठ २८ गते निर्वाचन हुदै छ, कार्यपालिका निर्वाचनको लागि बिहिबार मनोनयन दर्ता भएको छ । आठ पदको लागि हुने निर्वाचनको लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलित वा अलपसंख्यक ३ जनाको लागि नेपाली कांग्रेसबाट गुणराज दुवार, बलदेव विश्वकर्मा र बालोप्रसाद भगतले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी एमालेबाट डिल्लीसेर राई माओवादी केन्द्रबाट प्रलहाद कुमार विश्वकर्मा र विमल राईले उम्मेदवारी दर्ता गराएका छन् ।
यता निर्वाचित भएका ५ महिला सदस्यहबाट कार्यपालिकाको लागि नेपाली कांग्रेसबाट अनिता थापा, गोमाकुमारी राउत, भलमाया मगर, विमला राई र मिरा विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । यता एमालेबाट रेणुका श्रेष्ठ, सुनिता गजमेर, गीताकुमारी उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रका कुन्ति परियार, रेखा थापामगरले उम्मेदवारी दर्ता गराएको साहयक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिनु भयो ।
कार्यपालिका निर्वाचनको लागि त्रियुगा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ । कुल ८२ जनाले मतदान गर्न पाउने कार्यपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुख ९ वडा अध्यक्ष सहित ४२ जना, एमालेबाट नगर उपप्रमुख, चार वडा अध्यक्ष सहित २४ जना, माओवादी केन्द्रबाट तीन वडा अध्यक्ष सहित १५ र एकिकृत समाजवादीबाट एक जना वा सदस्यले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था छ ।
कुल ८ पदको लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले ८ वटै पदमा उम्मेदवारी दिएको छ भने एमालेले चार र माओवादी केन्द्रले चार पदमा उम्मेदवारी दिएको छ ।

Last updated:2022 Jun 09 Thursday 10:22:00

प्रतिक्रिया
सम्बन्धित समाचार