Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगाका जनप्रतिनिधिलाई व्यवसायीको स्वागत तथा बधाई

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ २४ २०७९
त्रियुगाका जनप्रतिनिधिलाई व्यवसायीको स्वागत तथा बधाई

उपाहार न्यूज
उदयपुर जेठ २४
त्रियुगा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई त्रियुगा उद्योग वाणिज्य संघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघको सभा हलमा एक कार्यक्रमका विच सोमबार निर्वाचित जनप्रनिधिहरुलाई सम्मान संगै व्यवसायीहरुले बधाई ज्ञापन गरेका हुन् ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, उप प्रमुख महेश्वरी राई लगायत त्रियुगा नगरपालिका क्षेत्र भित्रका १६ वटै वडाका जनप्रतिनिधिहरुलाई सहभागी गराएर उद्योग वाणिज्य संघले स्वागत तथा बधाई ज्ञापन गरेको हो । कार्यक्रममा बोल्दै नव निर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेतले त्रियुगा नगरपालिका क्षेत्रमा व्यवसायीहरुलाई ढुक्क साथ व्यवसाय संचालन गर्नका लागि नगरपालिकाले वातवरण तयार पार्ने बताउनु भयो । उहाँले व्यवसायीहरुको सुरक्षा तथा व्यवसायीक प्रबद्र्धनमा नगरपालिकाले पनि उद्योग वाणिज्य संघ संग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । नगर प्रमुख बस्नेत त्रियुगा उद्योग वाणिज्य संघका भूतपूर्व महासचिव समेत हुन ।


कार्यक्रममा त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले अव्यवस्थीत रुपमा देखिएको बजारलाई व्यवस्थापन गर्ने, नगर क्षेत्र भित्रका व्यवसायीहरुको सुरक्षाको लागि नगरपालिकाले ठोस योजना निर्माण गरेर अघि बढ्ने बताउनु भयो । कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरुको तर्फबाट त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला लगायतले मनतव्य राख्नु भएको थियो ।

कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बजार क्षेत्रको सुरक्षाको लागि सिसि क्यामेरा विग्रीएकाले त्यसको मर्मत तथा विस्तार गर्नका लागि नगरपालिकालाई आग्रह गर्नु भयो । उहाँले बजार क्षेत्रको फोहोर व्यवस्थापनको लागि नगरपालिका संग सहकार्य गरेर त्रियुगा उद्योग वाणिज्य संघ अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।


कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नविन बस्नेतले स्वागत तथा महासचिव दिनेश श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, पत्रकार, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Last updated:2022 Jun 07 Tuesday 12:08:34

प्रतिक्रिया
सम्बन्धित समाचार