उपाहार न्यूज
उदयपुर जेठ २२
विश्व वातवरण दिवशको अबसरमा उदयपुर जेसिजले वृक्षयारोपण कार्यक्रम आयोजना गरेको छ । गाईघाट स्थित शान्ति धाममा वातवरण दिवशको अबसरमा वृक्षयारोपण कार्यक्रमको आयोजना गरिएको हो । शान्तिधाम क्षेत्रमा उदयपुर जेसिजको अगुवाईमा करिब १०० थान विरुवा रोपण गरिएको उदयपुर जेसिजका अध्यक्ष अनुप ढुंगानाले जानकारी दिनु भयो ।

वृक्ष्यारोपण कार्यक्रममा उदयपुर जेजिस आबद्ध सदस्य, क्यानभास एकेडेमीका विद्यार्थीहरुको समेत सहभागीता रहेको उदयपुर जेसिजले जनाएको छ । विश्व वातवरण दिवशको अबसरमा अघिल्लो बर्ष पनि जेसिजले वृक्ष्यारोपण कार्यक्रमको आयोजना गरिएको उदयपुर जेसिजका महासचिव तारा बहादुर खड्काले जानकारी दिनु भयो ।