उपाहार न्यूज
उदयपुर जेठ १९
त्रियुगा नगरपालिका वडा नम्बर ८ मा निर्वाचित वडा अध्यक्ष सहित सदस्यहरुले पदभारग्रहण गरेका छन् । वडाअध्यक्षमा निर्वाचित भएका राजकुमार राउतले वडा अध्यक्षको पदभार ग्रहण गर्दै वडा भित्रका अति विपन्न २०० परिवारलाई स्वास्थ्य विमा बापतको रकम भुक्तानी गरिदिने निर्णय गर्दै पदभार ग्रहण गर्नु भएको छ ।

वडा अध्यक्ष राउतले वडा नम्बर ८ का टोल विकास संस्था संग समन्व गरी वडा भित्रका नागरिकहरुको लागि ५० प्रतिशत स्वास्थ्य विमा रकम सहयोग गर्ने निर्णय गर्नु भएको छ । यसैगरी गर्भवती महिलाहरुलाई प्रसुती गराउनको लागि प्रयोग गरिएको एम्बुलेन्स वापतको रकम भुक्तानी गर्ने, आर्थिक अभावका कारण अति विपन्न परिवारका बालबालिका विद्यालय जान नसकेका लागि निःशुल्क शिक्षाको लागि सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै पदभार ग्रहण गर्नु भएको छ । वडा नम्बर ८ मा वडा सदस्यहरुमा इन्द्रराज कार्की, जुठे दनुवार, रिता कार्की खड्का र प्रमिला कार्कीढोली वडा सदस्यमा पदमा निर्वाचित भएका थिए ।