उपाहार न्यूज
उदयपुर जेठ १३
उदयपुरको विकट पहाडि गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भए संगै गाउँपालिका उपाध्यक्ष धनम मगरले एक बर्ष भित्र गाउँपालिकालाई उज्यालो बताउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । जेठ ११ गते गाउँपालिकामा आधिकारीक रुपमा पदबाहाली गर्दै उपाध्यक्ष मगरले ५ बर्ष भित्र असक्त, अपाङगता, एकल महिला, दलित समुदायको स्वास्थ्य विमा गरि सक्ने उद्घोष गर्नु भएको छ ।
पदबाहाली गर्दै आफ्नो सामाजिक संजाल मार्फत उहाँले प्राविधिक शिक्षा अन्तर्गत दक्ष जनशक्ति उत्पादनमा जोड दिन जेहेन्दार विद्यार्थीलाई एमविविएस डाक्टर, इन्जिनियर अध्ययानको लागि बार्षिक १० लाखको दरले पाँच बर्ष सम्म ५० लाख दिने गाउँपालिकाको निर्णय भएको बताउनु भएको छ ।
सामाजिक सुरक्षा भत्तालाई वडा र घर घर सम्म पु¥याउने, सबै सेवा वडाबाटै दिन सक्ने व्यवस्था मिलाउने योजना रहेको उहाँले बताउनु भयो ।
संन्चारको पहुचबाट समेत पछि परेको पालिकाको सबै क्षेत्रमा संचारको पहुच बृद्धि गर्ने, ठाउठाउमा वाईफाईको ब्यबस्था, ताप्लीबासि जनताको हितको साझा बोलेरो सन्चालन, एम्बुलेन्स खरिदको योजना रहेको उहाँले बताउनु भयो ।
उपाध्यक्ष मगर भन्नु हुन्छ सामान्य उपचारको लागि बाहिर जान नपर्ने गरी एक्सरे देखि भिडियो एक्सरे सम्मको सुविधा गाउपालिकामा मिलाउने, गाउपालिका भरि स्वच्छ पिउने पानी र तरकारी खेतिको लागि प्रयाप्त पानीको ब्यबस्था गर्ने महिलालाई सीपमुलक तालिम दिई रोजगारी सृजना गर्ने तथा युवाहरुलाई रोजगारी सृजना गर्ने प्रतिबद्धता रहेको बताउनु भयो ।