Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लिम्चुङबुङ गाउँपालिकामा जनप्रतिनिधिले लिए सपथ

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ १३ २०७९
लिम्चुङबुङ गाउँपालिकामा जनप्रतिनिधिले लिए सपथ

उपाहार न्यूज
उदयपुर जेठ १४
स्थानिय तहको निर्वाचनमा बिजयी हासिल गरेका लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार सपथ लिएको छ । नवनिर्वाचित वडाअध्यक्ष, वडा सदस्य र पालिका सदस्यहरु समेतगरी जम्मा २८ जनालाई पालिका अध्यक्ष मेजर कुमार राईले सपथ खुवाएको हो ।
गाउँपालिकाको वडा नम्बर १ जनदिप मगर, २ का जितेन राई, ३ का गुरुमणी कुमाई, ४ का छत्र राई र ५ नम्बर वडाका अध्यक्ष कविचन्द्र राई सहित पालिकाका वडा सदस्इ तथा नवनिर्वाचित भएका कार्यपालिकाका पदाधिकारीहरुलाई सपथ खुवाईएको हो । अध्यक्षमा निर्वाचित मेजर राई स्वयम दोस्रो कार्यलको लागि निर्वाचित पालिका अध्यक्ष समेत हुन् ।
यसै विच लिम्चुङबुङ गाउँ कार्यपालिका सदस्यहरु सर्वसहमत निर्वाचित भएका महिला सदस्यमा मञ्जु राई, प्रिथी रसाईली, दुतमाया मगर र जमुनाकुमारी कार्कीले निर्वाचित भए । ई गठबन्धनतर्फको नेपाली काङ्ग्रेसबाट हुन् भने अन्य तीनजना नेकपा (माओवादी केन्द्र) बाट हुन् ।
त्यस्तै गाउँ कार्यपालिकाको दलित वा अल्पसंख्याक सदस्यमा गणेश राई र जयराम राई निर्विरोध निर्वाचित भएका छन् । गठबन्धनको नेकपा माओवादी केन्द्र बाट गणेश हुन् भने काङ्ग्रेसबाट जयराम हुन् ।

Last updated:2022 May 27 Friday 15:18:50

प्रतिक्रिया
सम्बन्धित समाचार