Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कटारीका नगर प्रमुख श्रेष्ठले लिए सपथ

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ १३ २०७९
कटारीका नगर प्रमुख श्रेष्ठले लिए सपथ

उपाहार न्यूज
उदयपुर जेठ १४
कटारी नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित राजेशचन्द्र श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । जिल्ला अदालत कार्यालय उदयपुरमा मुख्य निर्वाचन अधिकृतबाट श्रेष्ठले सपथग्रहण गरेका हुन् । कटारी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट श्रेष्ठ मेयर पदमा निर्वाचित भएका थिए । उनले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराल र एमाले उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।


शुक्रबार जिल्ला अदालत उदयपुरमा सपथग्रहण गर्दै श्रेष्ठले कटारी नगरपालिकालाई सुशासनयुक्त र भ्रष्टचार रहित नगरपालिका निर्माणमा आफु लागि पर्ने बताउनु भयो । उहाँले जनतालाई केन्द्रभागमा राखेर आम विकासका कामहरुलाई अघि बढाउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Last updated:2022 May 27 Friday 15:16:57

प्रतिक्रिया
सम्बन्धित समाचार