Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अव्यवस्थीत जग्गाको नापी, घलेटोल नयाँबस्ती करमगाछि सडक कालोपत्रे गर्ने छौ ः प्रकास खड्का

  • उपहार न्यूज
  • आइतबार, बैशाख २५ २०७९
अव्यवस्थीत जग्गाको नापी, घलेटोल नयाँबस्ती करमगाछि सडक कालोपत्रे गर्ने छौ ः प्रकास खड्का

उपाहार न्यूज
उदयपुर बैशाख २५
त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार प्रकास कुमार खड्काले आगामी स्थानिय तहको निर्वाचनमा आफु निर्वाचित भएर आए अघिल्लो कार्यकालको अधुरा कामहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले आईतबार त्रिनपा १० नयाँबस्तीमा आयोजित जनसभालाई संबोधन गर्दै त्रियुगा नगरपालिका वडा नम्बर १० भित्रको भूमिहिन तथा अव्यवस्थीत जग्गाको नापी गराउने पहिलो प्राथमिक्ता रहेको बताउनु भएको छ । नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रहनु भएका खड्काले नेपाली कांग्रेसकै जिल्ला उप सभापती बल बहादुर तामाङ हाल राष्ट्रि भूमि आयोगको जिल्ला अध्यक्ष रहेकाले १० नम्बर वडाको भूमिहिन र अव्यवस्थीत जग्गाको व्यवस्थापन मिलाउनेब ताउनु भयो ।
खड्काले घलेटोल–नयाँबस्ती–करमगाछि सडकको कालोपत्रे, भित्रि सडकहरुको स्तरउन्नती गरिने, नयाँबस्ती, बाबरी, बरघट्टा खेल मैदानको स्तरउन्नती गरिने बताउनु भयो । युवाहरुलाई व्यवसायीक बनाउनको लागि आयआर्जनको कार्यक्रमहरु निर्माण गरिने योजना रहेको बताउनु भयो । उहाँले सामुदायीक वनहरु संगको साझेदारीमा पर्यटन प्रबद्र्धनको काम, महिलाहरुको लागि शिप विकास तथा स्वरोजगारको योजनाहरु आफु निर्वाचित भए पहिलो प्राथमिक्तामा राखिने बताउनु भयो । उहाँले आफुले बनाएको योजना कार्यान्वयन गर्नका लागि नगरपालिका प्रमुखमा बसन्तकुमार बस्नेत उप प्रमुखमा सरिता राईलाई समेत निर्वाचित गराउनको लागि आग्रह गर्नु भयो । हाल प्रदेश र संघमा कांग्रेसको सरकार रहेकाले नगर र वडामा पनि कांग्रेस बिजयी भए च्यानल र प्यानल मिले विकासका योजनाहरु निर्माण र कार्यान्वयन गर्न सहज हुने बताउनु भयो । नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिका वडा नम्बर १० मा सदस्यहरुमा विनोदकुमार बस्नेत, फिरन खड्का, कल्पना मोते र कमला रसाईली उम्मेदवार रहेका छन् ।

Last updated:2022 May 08 Sunday 13:54:16

प्रतिक्रिया
सम्बन्धित समाचार