उपाहार न्यूज
उदयपुर बैशाख २५
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवाहरुले बिजयी भए नगरमा विकासको लहर आउने बताउनु भएको छ । नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर १० ले आयोजना गरेको वृहत जनसभालाई संबोधन गर्दै उहाँले वडा देखि नगर सम्म कांग्रेसको जीत भए प्रदेश र संघ कांग्रेसको सरकार भएकाले विकासको लहर आउने बताउनु भयो । जना सभामा स्थानिय नागरिकहरुले स्थानिय सडक कालोपत्रे, पहिरो नियन्त्रण लगायतको माग राखेका थिए । स्थानियले राखेको मागलाई आफुले पुरा गर्नका लागि पर्ने बताउनु हुदै उहाँले वडामा प्रकास कुमार खड्का र नगरमा बसन्त बस्नेत र सरिता राईलाई बिजयी गराउनु पर्ने बताउनु भयो ।
उहाँले २०५६ सालमा आफु उदयपुरमा पराजित भए पनि निरन्तर विकासका योजनाहरु निर्माण गर्नमा नेतृत्व गरेकाले जनताले आफुलाई विश्वास गरेर तीन तीन पटक सम्म उदयपुरबाट निर्वाचित गरेको बताउनु भयो । उहाँले त्रियुगा नदिमा पक्की पुल, त्रियुगा जनता बहुमुखी क्याम्पसमा भवन, त्रियुगा नदिमा करिब ८ अर्बको लगानीमा बाध, सगरमाथा विमानस्थल निर्माणका कामहरु कांग्रेस र आफ्नो नेतृत्वमा भएको समेत स्मरण गराउनु भयो । वडा अध्यक्षका उम्मेदवार प्रकासकुमार खड्काको प्रस्ताव र आफ्नो पहलमा बालमन्दिर माध्यमिक विद्यालयमा भारतीय दुतावासको सहयोगमा करिब चार करोडको लागतमा २१ कोठे विद्यालय भवन निर्माण भैरहको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस उदयपुरका सभापती तथा प्रदेश नम्बर १ का सडक तथा पूर्वाधार यातायात विकास मन्त्री हिमाल कार्कीले नेपाली कांग्रेसले पुरा नहुने अधुरा सपना बाड्दै नहिड्ने तर जे हुन्छ त्यहि मात्र प्रतिबद्धता व्यक्त गर्ने बताउनु भयो । उहाँले २०७४ सालको निर्वाचनमा कांग्रेसले त्रियुगा नगरपालिकामा झिनो मतले पराजय बेहोर्दा कांग्रेस मात्र नहारेर नगरको विकास पनि संग संगै हारेकाले यस पटक कांग्रेसलाई बिजयी गराउनका लागि आग्रह गर्नु भयो । उहाँले त्रियुगा नगरपालिका वडा नम्बर १० को विकासको लागि वडा देखि नगर सम्म कांग्रेसका उम्मेदवारलाई बिजयी गराउनका लागि आग्रह गर्नु भयो । तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व भए कांग्रेसलाई स्थानिय विकास गर्न सहज हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले जिल्लाको समग्र विकास कांग्रेसको नेतृत्वमा भएकाले कांग्रेसका उम्मेदवारलाई बिजयी गराउनु पर्ने बताउनु भयो । कांग्रेस नेता डा. नारायण खड्काको पहलमा भएका विकासका कामहरुलाई कम्युनिष्ट पार्टीहरुले आफुले गरेको भन्दै झुटको खेती गरिरहेका बताउनु भयो । परियारले कम्युनिष्टका नेताहरुलाई कांग्रेसले गरेको विकास हेर्नको लागि दुरविन लगाएर हेर्न समेत आग्रह गर्नु भयो ।