Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगामा कांग्रेसको उर्लादो जनलहर

  • उपहार न्यूज
  • शनिबार, बैशाख २४ २०७९
त्रियुगामा कांग्रेसको उर्लादो जनलहर

उपाहार न्यूज
गाईघाट चैत २४
स्थानिय तहको निर्वाचन अन्तिम चरणमा रहदाँ दलहरु आआफ्नो चुनावी एजेण्डा सहित नागरिकको घरदैलोमा पुगीरहदा उदयपुरमा सबैको चासोको रुपमा हेरिएको त्रियुगा नगरपालिकामा कांग्रेस आक्रमक प्रचारमा उत्रिएको छ । त्रियुगा नगरपालिकामा यस पटक नेपाली कांग्रेस अघिल्लो पटक भन्दा अझ बलियो उपस्तिथी देखाउदै चुनावी अभियानमा होमिएको छ । नगरको १६ वटै वडामा बलियो उपस्तिथी जनाएको नेपाली कांग्रेसको पक्षमा त्रियुगा नगरपालिका भरी जनलहर बढेको नेपाली कांग्रेस त्रियुगा नगर समितिका सचिव केशव पौडेलले बताए । अघिल्लो पटक ७३ मतको झिनो हार बेहोरेको नेपाली कांग्रेस यस पटक प्रमुख प्रतिस्पर्धी एमालेको विभाजनको फाइदा उठाउने दाउमा रहेको छ । नेपाली कांग्रेसले त्रियुगा नगरपालिकामा मेयर पदमा बसन्तकुमार बस्नेत, उपमेयरमा सरिता राईले अघि सार्दा कांग्रेसले त्रियुगामा जित हासिल गर्ने करिब पक्का जस्तै देखिने स्थानिय मतदाताहरु बताउछन् ।


अघिल्लो पटक तत्कालिन नेकपा एमालेबाट उम्मेदवार भएका बलदेव चौधरी एमाले विभाजन संगै एकिकृत समाजवादीमा लागेका छन् । एमालेबाट भागवत राउत र एकिकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट बलदेव चौधरी उम्मेदवार रहेका छन् । कांग्रेसलाई त्रियुगा नगरपालिका क्षेत्रमा बलियो चुनौती दिदै आएको एमाले विभाजनको फाइदा यस पटक कांग्रेसले लिन सके कांग्रेसको जित नगर क्षेत्रमा सुनिश्चित देखिएको छ । अर्को तर्फ नेपाली कांग्रेसले त्रियुगा नगर क्षेत्रमा नगर प्रमुख र उप प्रमुख पदमा उम्मेदवार चयन गर्दै गर्दा पार्टी भित्र पनि ठूलो मतभेद नभएका कारण कांग्रेस त्रियुगामा एक ढिक्का रहेको देखिन्छ ।
बसन्तकुमार बस्नेत संगै त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका लागि प्रकासकुमार खड्का, सरोज कुमार बस्नेत, देवी चौधरी र राकेस खत्रीको नाम सिफारिस गरिएको थियो । कांग्रेस भित्र अघिल्लो पटक झिनो मतले हार बेहोर्नु परेका बसन्त बस्नेतलाई मलमपट्टी लगाउनका लागि सहज रुपमा अन्यआकाक्षीहरुले समर्थन जनाए पछि कांग्रेस त्रियुगा एक ढिक्का भएको नेपाली कांग्रेसका त्रियुगा नगर समितिका उप सभापती सर्मिला थापाले बताईन् ।

कांग्रेसका मेयर पदका आकाक्षी उदयपुर प्रदेश सभा १ (ख) सभापती सरोज बस्नेत यतिवेला नगर क्षेत्रमा चुनावी अभियानको नेतृत्व गरेर उम्मेदवार जिताउन तल्लीन छन् । नगर सभापती समेत रहेका प्रकास कुमार खड्का मेयरका आकाक्षी भए पनि फेरी त्रियुगा नगरपालिका वडा नम्बर १० को वडाअध्यक्ष पदमा उम्मेदवार भएका छन् । अघिल्लो पटक उपप्रमुखमा बिजयी मेयरका आकाक्षी देवी चौधरी र युवा नेता राकेस खत्री कांग्रेसको उम्मेदवार जिताउनका लागि खुलेर चुनावी अभियानमा होमिएका छन् यस कारण पनि कांग्रेस भित्र भावनात्मक एकता कायम रहेको र संगठन मजुबत भएकाले कांग्रेस त्रियुगामा बलियो रहेको कांग्रेस उदयपुरका सचिव मुरारी खड्का बताउछन् । अर्को तर्फ नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको नगर प्रमुख उप्रमुख तथा वडा अध्यक्ष देखि सदस्य सम्मको उम्मेदवारहरु जनता माझ लोकप्रिय भएका कारण पनि यस पटक नगर सहित सबै वडामा कांग्रेसले जित निकाल्ने सचिव खड्का बताउछन् ।
कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार बसन्तकुमार बस्नेत त्रियुगा नगर क्षेत्रमा लामो समय देखि राजनैतिक देखि सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । पछिल्लो पटक कोभिडको महामारीको समयमा उनले त्रियुगा नगरपालिका क्षेत्रमा विपन्न करिब तीन हजार बढि परिवारलाई आफ्नो व्यक्तिगत पहलमा खाद्यन्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका थिए ।


त्रियुगा नगरपालिका क्षेत्रमा विभिन्न धार्मिक मठमन्दिर निर्माणहरुमा समेत उनको सक्रियता छ । त्रियुगा नगरपालिका ११ मा रहेको इन्द्रेश्वर महादेव मन्दिर निर्माण समितिका उनी अध्यक्ष समेत हुन् । उपप्रमुख पदका उम्मेदवार सरिता राई लामो समय देखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल छिन् उनी नेपाली कांग्रेस भित्र लोकप्रिय महिला नेतृको रुपमा समेत परिचिति छिन् । आफुले नगर प्रमुखको उम्मेदवारी पाउदै गर्दा पार्टी भित्र र बाहिरबाट ठूलो जनसमर्थन प्राप्त गरेको उनी बताउछिन् । कांग्रेसले त्रियुगा नगरपालिका वडा नम्बर १ बाट मनोज चौधरी, २ मा टिकाराम बुढाथोकी, ३ मा तिलक कटुवाल, ४ मा बद्रि बस्नेत, ५ मा उद्धब थापा, ६ मा कृष्ण बुढाथोकी, ७ मा गम्भीर दनुवार, ८ मा राजकुमार राउत, ९ मा राजकुमार दनुवार, १० मा प्रकासकुमार खड्का, ११ मा सुमन्त कोइराला, १२ मा चुडा काफ्ले, १३ मा नविन चौधरी, १४ गीता मगर, १५ मा निर बहादुर आले मगर र १६ मा रामबहादुर मगरलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

 

Last updated:2022 May 07 Saturday 13:46:00

प्रतिक्रिया
सम्बन्धित समाचार