उपाहार न्यूज
खोटाङ चैत २८
आसन्न स्थानिय तहको निर्वाचनमा धेरै जसो युवाहरुको उम्मेदवारी दिने घोषणा चलिहरहेको समयमा खोटाङको बहरापोखरी गाउँपालिका वडा नम्बर ३ मा युवा नेता सुनिल लामा वडा अध्यक्ष पदमा उम्मेदवार बन्ने निश्चित भएको छ ।
एमालेको विद्यार्थी संगठनमा एक दशक देखि क्रियाशिल लामालाई एमालेले वडा अध्यक्षमा उम्मेदवार बनाउन लागेको हो । त्रियुगा जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको क्याम्पस कमिटि अध्यक्ष हुदै राजनैतिक यात्रा सुरु गरेका लामा त्रिजब क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतीका उम्मेदवार समेत भएका थिए । अनेरास्ववियु खोटाङको सचिव समेत भएका लामा तत्कालिन नेकपा कालिन अबस्थामा अनेरास्ववियुको केन्द्रिय सदस्य भएका थिए । स्थानिय माझ लोकप्रिय छवि बनाएका लामा वडाअध्यक्षमा भिड्ने भए पछि स्थानिय युवाहरु समेत उत्साहित भएका छन् । लामा यतिवेला आफ्नो निर्वाचन क्षेत्रमा स्थानिय नागरिकहरु संग विकास योजनाको बिषयमा छलफल गर्न व्यस्त भएका छन् ।