Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सप्तरीको बलान विहुलमा युवा नेता खेमचन्द्रको उम्मेदवारी

  • उपहार न्यूज
  • आइतबार, चैत्र २७ २०७८
सप्तरीको बलान विहुलमा युवा नेता खेमचन्द्रको उम्मेदवारी

उपाहार न्यूज
सप्तरी चैत २७
स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा उम्मेदवार चयन र उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । यसै क्रममा युवा नेता खेमचन्द्र यादवले सप्तरीको बलान विहिुल गाउँपालिकामा आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
जनमत पार्टीबाट उक्त पालिकामा यादवले उम्मेदवारी दिन लागेका हुन् । युवाहरु माझ लोकप्रिय र स्थानिय नागरिकहरुको दुःख सुखमा सधै रहदै आएका यादवलाई स्थानियको राम्रो सहयोग रहेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीको लाउडस्पीकर हर्न छापबाट उनी उम्मेदवार भएका छन् । आफु निर्वाचित भएमा गाउँपालिकाको ग्रामिण सडक स्तरउन्नती देखि स्थानिय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा सहज पहुच बृद्धि गर्ने गरी काम गर्ने उनको अठोट छ । उनी यतिवेला आफ्नो निर्वाचिन क्षेत्रमा मतदाताहरु माझ आफ्नो योजनाहरु बारे छलफल गर्दै हिडेका छन्, यादवले उम्मेदवारी दिने भए पछि स्थानिय नागरिकहरु समेत उत्साहित भएका छन् । वलान विहुल गाउँपालिकामा यतिवेला जनमत पार्टीले आयोजना गर्ने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नेहरु लहर नै चलेको छ ।

Last updated:2022 Apr 10 Sunday 13:43:15

प्रतिक्रिया
सम्बन्धित समाचार