Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा पनि टाइफाइड बिरुद्धको खोप सुरु हुने

  • उपहार न्यूज
  • बुधबार, चैत्र २३ २०७८
उदयपुरमा पनि टाइफाइड बिरुद्धको खोप सुरु हुने

उपाहार न्यूज
उदयपुर चैत २३
उदयपुरमा चैत २५ देखि टाइफाइड बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरले १५ बर्ष मुनीका एक लाख १४ हजार पाँच सय ६४ बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्न लागेको कार्यालय प्रमुख वृजकुमार दासले जानकारी दिनु भयो ।
नेपालमा पछिल्लो ५ बर्ष यता बार्षिक चार लाख ५० हजारमा टाइफाईड रोगको संक्रमण पाईने गरेकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ३० हजार बढि संक्रमण भएमा उच्च जोखि मानिने भएकाले नेपालमा टाइफाईड विरुद्धको खोप दिईन लागेको हो । १५ बर्ष मुनीका बालबालिकामा सो उमेर समुह भन्दा माथिको तुलामा ११ गुणा बढि संक्रमण हुने भएकाले बालबालिकालाई खोम दिईन लागेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख दासले जानकारी दिनु भयो ।
उदयपुरमा चैत २५ देखि ३० गते सम्म पहिलो चरण अन्तर्गत त्रियुगा, चौदण्डिगढी, बेलका नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा खोप लगाईने कार्यक्रम रहेको छ । दोस्रो चरणमा बैशाख ५ देखि १० गते सम्म जिल्लाको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जीविर निरौलाले जानकारी दिनु भयो ।
जिल्लाभर ४४९ खोप केन्द्र संचालन हुने स्थानमा ८२७ जना स्वास्थ्यकर्मी र २३०४ स्वंमसेवक परिचालन हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2022 Apr 06 Wednesday 11:18:09

प्रतिक्रिया
सम्बन्धित समाचार