Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वेलकामा छात्रा हत्याको आसंकामा दुई पक्राउ

  • उपहार न्यूज
  • मंगलबार, चैत्र २२ २०७८
वेलकामा छात्रा हत्याको आसंकामा दुई पक्राउ

विश्वराज तामाङ
उदयपुर, चैत्र २२
उदयपुरको वेलका नगरपालिका ३ का १५ बर्षिया छात्रा कविता सुनुवारको हत्याको असंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार विहान ट्युशन पढ्नको लागि घरबाट निस्केकी सुनुवारको शरीरमा चोटपटक सहित विहान शव फेला परेको थियो ।
उनको हत्याको असंकामा प्रहरीले भारत(ईन्डिया) सिक्किम राज्य बियुङ घरभई जिल्ला उदयपुर बेलका न.पा. ३ स्थित जित बहादुर ढकाल(खत्री)को घरमा बस्दै आएको बर्ष १९ को बिनोद ढकाल र उदयपुर बेलका न.पा. ३ बस्ने जित बहादुर ढकाल(खत्री)को छोरी बर्ष १७ की सरिता ढकाल (खत्री) लाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतक सुनुवारको शव पोसपार्टमको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाका प्रहरी निरीक्षक तेजप्रसाद दाहालका अनुसार स्थानीयले घरबाट करिब दुई किलोमिटर पर खोलामा छात्राको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कोशी जनता उच्च माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनुवार मंगलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन् । घरबाट हिँडेको दुई घण्टापछि उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना लगत्तै विद्यार्थी र स्थानीयले सत्य तथ्य छानबिनको माग गर्दै प्रदर्शन गरीरहेका छन् । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले छात्राको हत्याको घटनाले अत्यन्तै दुःखी बनाएको उल्लेख गर्नुभएको छ। संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै विद्यालयमा नियमित आउनेक्रममा बाटोमा भएको क्रुर र हिंसात्मक घटनाको घोर भत्र्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग मागसमेत गर्नुभएको छ ।

Last updated:2022 Apr 05 Tuesday 10:45:58

प्रतिक्रिया
सम्बन्धित समाचार