Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कर्मचारी युनियनद्धारा प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न

  • उपहार न्यूज
  • शनिबार, चैत्र १९ २०७८
कर्मचारी युनियनद्धारा प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न

उपाहार न्यूज
उदयपुर चैत १९
नेपाल निजामती कर्मचारी युनियन उदयपुरको आयोजनामा शनिवार गाईघाटमा संघियतामा सेवा प्रवाह बिषयक प्रशिक्षण एवंम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाईघाट स्थित होटल ग्रीन प्यालेसमा आयोजित कार्यक्रममा कर्मचारी युनियन आबद्ध जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, नेपाल सरकारका सह सचिव लक्ष्मी प्रसाद पौडेलले सहभागीहरुलाई प्रशिक्षण गर्नु भएको थियो ।
कार्यक्रम नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती तथा प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीको प्रमुख आतिथ्यता तथा कर्मचारी युनियन प्रदेश नम्बर १ का अध्यक्ष एवंम केन्द्रिय उपाध्यक्ष मान बहादुर वनको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नम्बर १ का सह महामन्त्री विनोदकुमार बस्नेत, कांग्रेस जिल्ला उप सभापती भिमचन्द्र राई, त्रियुगा नगरपालिकाका उप प्रमुख देवी चौधरी, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष देवराज कोइराला लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2022 Apr 02 Saturday 12:58:44

प्रतिक्रिया
सम्बन्धित समाचार