Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङका जनता जनप्रतिनिधि संग सन्तुष्ट

  • उपहार न्यूज
  • सोमबार, चैत्र १४ २०७८
लिम्चुङबुङका जनता जनप्रतिनिधि संग सन्तुष्ट

उपाहार न्यूज
लिम्चुङबुङ चैत १४
लिम्चुङबुङ गाउँपालिका उदयपुरका नागरिकहरु स्थानिय जनप्रतिनिधि र गाउँपालिकामा भएको विकासबाट सुन्तुष्टि भएको पाईएको छ । गाउँपालिकाले आयोजना गरेको आर्थिक बर्ष २०७८/०७९ को चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन र सहभागी नागरिकहरुको अभिमतको आधारमा नागरिकहरु सन्तुष्ट भएको पाईएको हो ।
गाउँपालिका स्थापना देखि हाल सम्म जनप्रतिनिधिहरुले अघि सारेका विभिन्न योजनार सफल हुदै गएको र नागरिकको जीवन स्तरमा विगतमा भन्दा परिवर्तन आएको स्थानिय नागरिकहरुले बताएका छन् । जनप्रतिनिधि आउन पूर्व र आई सके पछिको विकास र सुरु भएको योजनाबाट नागरिकहरुले सन्तुष्टि जनाएका छन् । राष्ट्र र समाजको लागि योजना र कार्य पानस उदयपुरको सहजीकरण आयोजित सार्वजनिक सुनुवाईको क्रममा नागरिकहरु संग संकलन गरिएको अभिमत र सहभागी नागरिकहरुको प्रतिक्रियाबाट ९० प्रतिशत बढि नागरिकहरु गाउँपालिकाबाट संचालित योजनाहरुबाट खुसी भएको स्थानिय नागरिक गन्जु शेर्पाले बताउनु भयो ।


गाउँपालिकामा पछिल्लो समय अध्यक्ष कृषि कार्यक्रम प्रभावकारी भएको छ विगतमा बाहिरी बजारबाट कृषिजन्य सामाग्री आयात गर्ने स्थानिय कृषकहरुले हाल स्थानिय स्तरमा व्यवसायीक कृषि उत्पादन गरेर बाहिरी जिल्ला सम्म निर्यात गर्ने गरेका छन् ।
लामो समय देखि अध्यारोमा रहेका स्थानिय नागरिकहरुले बिजुली बत्तीको उज्यालो पाएका छन्, सडक संजाल गाउँपालिकाको पाँच वटै वडा विस्तार संगै पर्यटन प्रबद्र्धनको लागि एभरेष्ट भ्यू टप निर्माणले समेतले गति लिदा स्थानिय नागरिकहरु गाउँपालिकाको विकासबाट दंग परेका छन् ।
गाउँपालिका अध्यक्ष मेजर कुमार राईको नेतृत्वमा परिकल्पना गरिएको विकासका मोडलहरुले स्थानिय नागरिकहरुले राहात महसुस गरेको नागरिकहरु बताउछन् ।


कार्यक्रममा पानस उदयपुरको तर्फबाट सहजकर्ता किरण प्रसाद ढुंगानाले तेस्रो पक्ष अनुगमनबाट प्राप्त प्रतिवेदनको प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिका उपाध्यक्ष रमिला राईले स्वागत मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङ गाउँपालिका भौगोलिक विकटता भए पनि यहाँको प्रकृति र संस्कृतिले गाउँपालिकालाई धनि बनाउने प्रमाणित भैसकेको बताउनु भयो । उहाँले गाउँपालिकालाई पर्यटन संग जोडर अघि बढ्न सके गाउँपालिकालाई समृद्ध बनाउनका लागि कति पमि समय नलाग्ने बताउनु भयो, गाउँपालिकालाई पर्यटनको हब बनाउनको लागि आफुहरुको भिजन प्रभावकारी बन्दै गएको र आगामी दिनमा पनि सोहि अनुसार काम गर्दै अघि बढ्ने बताउनु भयो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक बर्षको फागुन मसान्त सम्मको अवधिमा भएका विभिन बिषयगत क्षेत्र र पालिकाको समग्र विकासको अबस्थाको बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले प्रस्तुती राख्नु भएको थियो । कार्यक्रममा लेखा तथा राजश्व शाखाको तर्फबाट लेखा अधिकृत ताराकिरण राईले आर्थिक प्रशासन शाखाको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रमाम शिक्षा तथा पंजीकरण शाखाको तर्फबाट रुपा राई, प्राविधिक शाखाको तर्फबाट ईन्जिनियर विनोद चौधरी, आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको तर्फबाट नौलशेर राई प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कृषि तथा पशु विकास शाखाको तर्फबाट मान बहादुर श्रेष्ठ, रोजगार शाखाको तर्फबाट सम्झना काफ्ले, सामाजिक विकाश तथा महिला शाखाको तर्फबाट शुसिला सुब्बा, सामाजिक सुरक्षा शाखाको तर्फबाट विनय श्रेष्ठ, उद्यम विकाश शाखाको तर्फबाट हापेन्द्र भट्टराई मनोविमर्श शाखाको तर्फबाट तारा राईले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्थानिय नागरिकहरुको व्यापक सहभागीता रहेको थियो ।

Last updated:2022 Mar 28 Monday 13:40:33

प्रतिक्रिया
सम्बन्धित समाचार