Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङमा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, चैत्र १४ २०७८
लिम्चुङबुङमा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

उपाहार न्यूज
लिम्चुङबुङ चैत १३
लिम्चुङबुङ गाउँपालिकाको आयोजनामा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाद्धारा आयोजित प्रतियोगीतामा पालिका भित्रका माध्यमिक स्तरमा अध्यानरत बाल क्लबले सहभागीता जनाएको थियो ।


प्रतियोगीतामा मिरमिर्रे बाल क्लब क्यापटेन पर्शुराम पदमा राई मावि बलम्ता प्रथम, नव ज्योती बाल क्लब जनता मािव रसुवा जाते द्धितृय र नमुना बाल क्लब मावि बुत्कु बासबोटेले तेस्रो स्थान हासिल गरेको थियो । प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुने समुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उप प्रमुख रमिला राईले सात हजार, पाँच हजार र तीन हजार सहित पुरस्कृत गर्नु भएको थियो ।

बालबालिकाहरुको क्षमता अभिबृद्धि र पठन सस्कृतिको विकासमा टेवा पु¥याउदै सामान्य ज्ञान बढाउनका लागि प्रतियोगीताको आयोजना गरिएको गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शुसिला सुब्बाले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्त राई, शिक्षा शाखा प्रमुख विनोद राईले बालबालिकाहरुलाई अध्यानशिल हुन र शिक्षामा अब्बल हुनको लागि यस्ता प्रतियोगीताले टेवा पु¥याउने बताउनु भएको थियो । कार्यक्रममा विजयी भएका विद्यालयलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले गर्नु भएको थियो ।

Last updated:2022 Mar 28 Monday 03:51:39

प्रतिक्रिया
सम्बन्धित समाचार