Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

स्वास्थ्य चौकी देउरीलाई एम्बुलेन्स सहित सामाग्री हस्ताणतरन

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन २८ २०७८
स्वास्थ्य चौकी देउरीलाई एम्बुलेन्स सहित सामाग्री हस्ताणतरन

किरनप्रसाद ढुंगाना
देउरी फागुन २८
उदयपुर सिमेन्ट उधोग लिमिटेडको पहलमा एम्बुलेन्स सहित करिब ३० लाख बराबरको ल्याब उपकरण सामग्री त्रियुगा नगरपालिका ५ रहेको देउरी स्वास्थ्य चौकिलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
सगरमाथा ईन्सुरेन्स, माछापुच्छ्रे बैंक लगायतका सहयोगी संस्थाहरुले उक्त सामग्री त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरी मार्फत स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष एवम वडा अध्यक्ष उद्दब बहादुर थापालाई हस्तान्तरण गरिएको हो ।


शनिवार विहान आयोजित हस्तान्तरण कार्यक्रममा स्वागत गर्दै उदयपुर सिमेन्ट उधोग लिमिटेडका महा प्रबन्धक गोपिकृष्ण न्यौपाने ज्युले उधोगबाट निस्किने धुवा धुलोबाट प्रभावित रहेका त्रियुगा नगरपालिकाका वडा न ४,५,६,७,८,९,१० का स्थानिय बासिन्दा र उद्योग परिसरमा रहेका उद्योगका कर्मचारिहरुमा स्वास्थ्य सेवाको सहज पहुँचको लागि देउरी स्वास्थ्य चौकिलाई एम्बुलेन्स र ल्याब सामाग्री सहयोग गरिएको बताउनु भयो । उद्योगले बर्षेनि उद्योगबाट प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य , सिक्षा र पुर्वाधार बिकासका लागी प्रती बोरा २ रुपैया ५० पैसाका दरले करिब ५० लाख नगरपालिकालाई छुट्याइएको समेत महा प्रबन्धक न्यौपानेले जानकारी दिनु भयो । कार्यक्रममा उद्योगले आ.ब. २०७८/७९ को स्वीकृत बजेट्बाट रु ७ लाखको चेक समेत स्वास्थ्य चौकिलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले देउरी स्वास्थ्य चौकिलाई नगर अस्पतालमा स्तरउन्नतिका लागि नगर समितिले स्वीकृत गरिसकेको र थप प्रक्रियाको लागि पहल भैरहेको जानकारी गराउनु भयोद । कार्यक्रममा सुभकामना मन्तब्य दिदै सगरमाथा इन्स्योरेन्सका कार्यकारी प्रमुख चंखी क्षेत्रीले उदयपुर पशु पालनको लागि पकट क्षेत्र भएकोले यहाँ पसु बिमामा जोड दिनुपर्ने बताउनु भयो । नेपाल सरकारले पशुबिमा बापतको प्रीमियम रकममा ८० प्रतिशत अनुदान दिने गरेकोले किसानले मात्र २० प्रतिशत रकम जोहो गरेमा जोखिममा बिमा बापतको रकम सजिलै प्राप्त गर्ने समेत उहाले जानकारी दिनु भयो ।


कार्यक्रममा माछापुच्छ्रे बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, उदयपुर सिमेन्टका सन्चालक विशाल सापकोटा, देबि प्रसाद बराल, नरेश ढकाल, पदम दाहाल कृष्ण चन्द्र मन्डल , महेशलाल यादब, त्रियुगा नपा वडा न १६ का वडा अध्यक्ष मानबहादुर राई, महिला अधिकारकर्मी नजबुलखान (निलम) लगायत उदयपुर सिमेण्ट उद्योग महाशाखा प्रमुख, बिभागिय प्रमुख, सहयोगि संस्थाका प्रतिनिधि, संचारकर्मी र स्थानिय सेवा सेवाग्राहि तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

Last updated:2022 Mar 12 Saturday 14:49:11

प्रतिक्रिया
सम्बन्धित समाचार