Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कर्मचारीका प्रदेश अध्यक्ष मान बहादुर वनलाई विमानस्थलमा भव्य स्वागत

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन २८ २०७८
कर्मचारीका प्रदेश अध्यक्ष मान बहादुर वनलाई विमानस्थलमा भव्य स्वागत

सम्झनाकुमारी तामाङ
उदयपुर फागुन २८
नेपाल निजामती कर्मचारी युनियनको आठौ केन्द्रिय महाधिवेशनबाट प्रदेश नम्बर १ को अध्यक्ष एवं केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका मान बहादुर वनलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । कर्मचारीको हक हितको लागि लामो समय देखि नेतृत्व गर्दै आएका वनलाई आफ्नो कार्य क्षेत्र तर्फ फर्कने क्रममा कर्मचारीहरुले भव्य स्वागत गरेका हुन् ।
कर्मचारी युनियनको केन्द्रिय उपाध्यक्ष सोम कोइराला, मोरङ जिल्ला अध्यक्ष पर्शुराम मण्डल, सचिव कृष्ण भट्टराई, जिल्ला सदस्य डिल्लीराज बस्नेत, भोजपुरका केन्द्रिय प्रतिनिधि ओमकार भट्टराई, मुख्यमन्त्री कार्यालयका विभागीय अध्यक्ष केदार घिमिरे लगायतका कर्मचारी तथा विभिन्न जिल्लाका प्रतिनिधिहरुले वनलाई भव्य स्वागत गरेका हुन् । प्रदेश नम्बर १ को अध्यक्ष तथा केन्द्रिय उपाध्यक्षमा निर्वाचित भए पछि अध्यक्ष वनले अबका दिनमा कर्मचारीहरुको हक हितको लागि बुलन्द आवाज लिएर उत्रने बताएका छन् । कर्मचारी युनियन उदयपुरका संस्थापक सचिव, दुई कार्यकाल जिल्ला अध्यक्ष हुदै अघिल्लो पटक केन्द्रिय सदस्य भएका मान बहादुर वन कर्मचारीहरुको आधिकारी ट्रेड युनियन उदयपुरका उपाध्यक्ष समेत हुन् ।

Last updated:2022 Mar 12 Saturday 14:33:43

प्रतिक्रिया
सम्बन्धित समाचार