Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

फागुन २९ देखि उदयपुर कांग्रेसको जागरण अभियान, ७५ वडामा तोकिए प्रतिनिधि (नामवली सहित)

  • उपहार न्यूज
  • शुक्रबार, फाल्गुन २७ २०७८
फागुन २९ देखि उदयपुर कांग्रेसको जागरण अभियान, ७५ वडामा तोकिए प्रतिनिधि (नामवली सहित)

विश्वराज तामाङ
उदयपुर फागुन २७
नेपाली कांग्रेस उदयपुरले फागुन २९ गते(आईतबार) देखि एक महिने जागरण अभियान सुरु गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रिय समितिको निर्णय अनुसार जिल्ला जिल्लामा आगामी चैत २९ गते सम्मको लागि एक महिने जागरण अभियानको कार्यतकालिका सहित कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी केन्द्रले केन्द्रिय सदस्य प्रदिप सुनुवारलाई उदयपुर प्रतिनिधिको रुपमा तोके संगै कांग्रेस उदयपुरको शुक्रबार सम्पन्न बैठकले एक महिने जागरण अभियान सुरु गर्न लागेको हो ।
कांग्रेसले स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै घर घर जाउँ कांग्रेस जिताउ अभियान अन्तर्गत आईतबार बाट अभियानको सरु हुने भएको छ । जागरण अभियानको उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री विश्वप्रकाश शर्मा उदयपुर आउने भएका छन् । गाईघाट स्थित होटल टाउन हलमा आयोजना गर्न लागिएको जागरण अभियानको उद्घाटनमा नेपाली कांग्रेसले वडा स्तर देखि जिल्ला सम्मका अगुवा कार्यकर्ता, क्रियाशिल सदस्य लगायतलाई सहभागी गराउने नेपाली कांग्रेस उदयपुरका सभापती हिमाल कार्कीले जानकारी दिनु भयो । कांग्रेसले जागरण अभियानलाई सफल बनाउनको लागि जिल्लाको आठ वटै पालिका स्तरीय कार्यक्रम तथा जिल्लाको ७५ वटै वडामा जिल्लाका प्रतिनिधिहरुलाई जागरण अभियान सफल बनाउनको लागि खटाउने भएको छ ।
पार्टी कार्यालय गाईघाटमा शुक्रबार आयोजित बैठकमा केन्द्रिय सदस्य प्रदिप सुनुवारले कांग्रेसले देशव्यापी रुपमा सुरु गर्न लागेको जागरण अभियानको बिषयमा जानकारी दिनु भएको थियो । कांग्रेसले वेलका नगरपालिकामा चैत ५ गते, चौदण्डिगढी नगरपालिकामा ६ गते, ताप्ली गाउँपालिकामा चैत ७ गते, लिम्चुङबुङ गाउँपालिकामा चैत ८ गते, रौतामाई गाउँपालिकामा चैत ९ गते, उदयपुरगढी गाउँपालिकामा चैत १० गते र कटारी नगरपालिकामा चैत ११ गते निर्वाचन लक्षित कार्यक्रम संचालन गर्ने भएको छ ।
यता जिल्लाको ७५ वटै वडामा लक्षित गरेर संगठन निर्माण तथा अभियानलाई सफल बनाउने अभियान अन्तर्गत जिल्लाले ७५ वडामा प्रतिनिधि पठाउने भएको छ । कांग्रेस उदयपुरले त्रियुगा नगरपालिका १ मा फिरन खड्का, २ मा राजकुमार राउत ३ मा मदनराज कटुवाल, ४ मा विजय सिंह ५ मा तारा राई, ६ मा बलदेव विक, ७ मा विमला सुनुवार, ८ मा महेन्द्र राउत, ९ मा सरिता राई, १० मा महेन्द्र कुमार राई, ११ मा नरेन्द्र थापा, १२ मा तिलक टुवाल, १३ मा नविन कटुवाल, १४ मा एलबि कार्की, १५ मा पुष्प पोख्रेल, १६ मा रोशन कार्कीलाई प्रतिनिधि पठाउने भएको छ । त्यसैगरी कटारी नगरपालिकाको वडा नम्बर १ मा सरस्वती ढुंगाना, २ मा साङदोर्जे लामा, ३ मा रामकुमार खत्री, ४ मा कृष्ण श्रेष्ठ, ५ मा बालकुमारी तामाङ, ६ मा दिनेश बहादुर कटुवाल, ७ मा ज्ञानेन्द्र खड्का, ८ मा त्रिभुवन दाहाल, ९ मा दुर्गा खपाङगी, १० मा पुस्कर खड्का, ११ मा ज्ञान बहादुर वानिया, १२ मा सुदिप बराल, १३ मा अशोक श्रेष्ठ र १४ मा बुद्धि कट्टेललाई पठाउने निर्णय गरेको छ ।
यता उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १ मा चन्द्रमणी गुरागाई, २ मा केदार रोका ३ मा सन्तोष केसी, ४ गणेश पुरी ५ मा विमा राई, ६ मा हिराकुमारी कार्की, ७ मा सिताराम गिरी र ८ मा जीत बहादुर खड्कालाई प्रतिनिधि तोकेको छ । त्यसैगरी ताप्ली गाउँपालिकाको वडा नम्बर १ मा मोहनसिंह ठकुरी, २ मा माधव रास्कोटी, ३ मा तेज प्रसाद गिरी, ४ मा जन्मजय राई र ५ मा धनाकुमारी मगर लाई प्रतिनिधि तोकेको छ । यता लिम्चुङबुङ गाउँपालिका १ मा जयराम राई, २ मोहनशेर राई, ३ मा पुष्पलाल राई, ४ मा मल्ला राई र ५ मा रमिला राईलाई प्रतिनिधि तोकेको छ । यता रौतामाई गाउँपालिकाको वडा नम्बर १ मा धर्म तामाङ, २ मा बासु खड्का, ३ मा रविन्द्र खत्री, ४ मा धनकुमारी मगर, ५ मा भुपेन्द्र बहादुर थापा, ६ मा विरेन्द्र राई, ७ मा टेक बहादुर दाहाल र ८ मा अनिल कार्कीलाई तोकेको छ । यता वेलका नगरपालिकाको वडा नम्बर १ मा महेन्द्र चौधरी, २ मा लवराज अधिकारी, ३ मा रिता चौधरी, ४ मा जनक कार्की, ५ मा पदम खड्का, ६ मा मौसम राई, ७ मा दिपेन राई, ८ मा हाइदिपकेसर राई ९ मा तीर्थ गौतमलाई प्रतिनिधि तोकेको छ ।
यता चौदण्डिगढी नगरपालिकाको वडा नम्बर १ मा प्रेम अधिकारी, २ मा गिता फुयल, ३ मा बासुदेव राई, ४ मा सन्तोष राई, ५ मा दिनेश खतिवडा, ६ मा केदार केसी, ७ मा सुसिल सेढाई, ८ मा पवन कार्की ९ मा भोगेन्द्र चौधरी र १० मा ज्ञानेन्द्र प्रधानलाई जिल्लाले प्रतिनिधि तोकेको नेपाली कांग्रेस उदयपुरका मुख्य कार्यालय सचिव महेन्द्र प्रसाद सिग्देलले बताउनु भयो ।
पार्टीको शुक्रबार सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नारायण बहादुर कार्की, जिल्लाका पदाधिकारी, क्षेत्रीय सभापती, प्रदेश सभा सभापती, नगर तथा गाउँ सभापतीहरु, महाधिवेशन तथा प्रदेश महाधिवेशन प्रतिनिधि लगायत भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

Last updated:2022 Mar 11 Friday 13:51:48

प्रतिक्रिया
सम्बन्धित समाचार