Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्ली गाउँपालिकको आयोजनामा रुपाटारमा २ दिने स्वास्थ्य शिविर सम्पन्न

  • उपहार न्यूज
  • बिहिबार, फाल्गुन २६ २०७८
ताप्ली गाउँपालिकको आयोजनामा रुपाटारमा २ दिने स्वास्थ्य शिविर सम्पन्न

ठविन्द्र मगर
ताप्ली फागुन १६
ताप्ली गाउँपालिकाको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
दुई दिन सम्म संचालित शिविर हयोगी हातहरुको समुह (सहास )नेपाल को लिफ्ट परियोजनाको साझेदारीमा सम्पन्न भएको हो । शिविरमा विभिन्न स्वास्थय सेवाहरु नागरिकले पाएका छन् ।
शिविरमा जनरल फिजिसियन ,स्त्री रोग,हाड तथा नशा जोर्नी रोग, आँखा रोग, ल्याब सेवा, भिडियो एक्सरे सेवा र निशुल्क औषधि वितरण सेवा संचालन गरिएको थियो । बिराट मेडिकल कलेजका जनरल फिजिसियन डा.कमलकिशोर शाह ,स्त्री रोग बिशेसज्ञ रिना शाह ,हाड तथा नशा रोग बिशेषज्ञ रितेश सिंह लगायतको बिशेषज्ञ चिकित्सकहरुले शिविरमा सेवा दिएका थिए ।
शिविरमा ताप्ली गाउँपालिकाका विभिन्न क्षेत्रबाट स्वास्थ्य परिक्षण गर्नका लागि स्थानिय नागरिकहरु आएका थिए ।
गाउँपालिकाको नागरिकहरुलाई स्थानिय स्तरमानै विशेषज्ञ चिकित्सकको सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष उदव सिंह थापाले बताउनु भयो । शिविरमा जनरल तर्फ १४ सय, आखा सम्बन्धि ५५५ जना र स्त्री रोग तर्फ ४३२ जनाले सेवा लिएका थिए ।

Last updated:2022 Mar 10 Thursday 13:30:12

प्रतिक्रिया
सम्बन्धित समाचार