उपाहार न्यूज
उदयपुर फागुन २५
नेपाल निजामती कर्मचारी युनियनको प्रदेश नम्बर १ को अध्यक्षमा कर्मचारी नेता मान बहादुर वन निर्वाचित भएका छन् । सोमबार राजाधानीमा आयोजित केन्द्रिय महाधिवेशनमा लोकप्रिय मत प्राप्त गर्दै वन प्रदेश नम्बर १ को अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
युनियनको उदयपुर जिल्लाको सचिव, दुई कार्यकाल अध्यक्ष हुदै केन्द्रीय सदस्य समेत भैसकेका वनले प्रत्यासी तोयानाथ तिम्सिनालाई १५१ मतान्तरले पछि पारेका थिए । निर्वाचित अध्यक्ष वनले ३७७ मत पाउँदा तिम्सिनाले २२६ मत ल्याएका थिए। अब १४ जिल्लाका लागि प्रादेशिक राजधानीमा प्रदेश निजामती कर्मचारी युनियनको कार्यालय खडा गर्ने, जनतालाई दिने सेवा सुविधा थप गुणस्तरीय बनाउने र प्रदेश सरकारलाई सल्लाह सुझाव दिने काममा क्रियाशिल हुने नवनिर्वाचित प्रदेश अध्यक्ष वनले बताए । आफ्नो कार्यकालभर प्रदेशमा निजामती कर्मचारी युनियनको संगठन रहर लाग्दो र भरलाग्दो हुने उहाँको भनाई छ।
‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा २१ फागुनदेखि २३ फागुनसम्म काठमाण्डौस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा नेपाल निजामती कर्मचारी युनियनको ८ औं केन्द्रीय महाधिवेशन भएको थियो ।