Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अधिकारकर्मी खान महिला आयोगद्धारा सम्मानित

  • उपहार न्यूज
  • बुधबार, फाल्गुन २५ २०७८
अधिकारकर्मी खान महिला आयोगद्धारा सम्मानित

उपाहार न्यूज
उदयपुर फागुन २५
श्रमिक महिला दिवशको अबसर पारेर राष्ट्रिय महिला आयोगले उदयपुरकी महिला अधिकारकर्मी नजबुल खान लाई सम्मान गरेको छ । राजधानीमा आयोजित ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उदयपुरकी नजवुल खानलाई सम्मान गरिएको हो ।
राष्ट्रिय महिला आयेगले मंगलवार अन्तराष्ट्रिय नारी दिवस तथा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खानलाई नेपालको मुस्लिम समुदायको पहिलो अटो चालकको रुपमा सम्मान गरिएको हो ।
महिला सशक्तिकरणको अभियानमा सकृय खान मासवेस उदयपुरका अध्यक्ष समेत हुन् खानको नेतृत्वमा आभाशा अभियानले देशका विभिन्न प्रदेशमा पुगेर राष्ट्रिय बेटी सम्मेलने संचालन गर्दै आएको छ ।
अधिकारकर्मी खानलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मी र आयोगका अध्यक्ष माननिय कमला पराजुलीले नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । सामाजिक न्याय र लैंगिक समानता, दिगो बिकासकको सुनिश्चितता भन्ने नाराकासाथ यो वर्षको ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

Last updated:2022 Mar 09 Wednesday 14:00:45

प्रतिक्रिया
सम्बन्धित समाचार