उपाहार न्यूज
उदयपुर फागुन १८
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ चप्पनमा फागुन ७ गते आगालागीबाट पूर्णरुपमा घर नष्ट भएकी तिलमाया बस्नेतलाई जापानमा अध्यायन गर्दै आएका नेपालीहरुले सहयोग पठाएका छन् । एकल महिला समेत रहनु भएकी बस्नेतको आगजनी हुदाँ अन्नपात, लत्ताकपडा, भाडाकुडा तथा जिन्स सामाग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

बुधबार जापानमा बस्दै आएका १५ जना विद्यार्थीहरुबाट संकलित ५१ हजार ९ सय चार रुपैया शिक्षक तथा कांग्रेस महाधिवेशन प्रतिनिधि तिलक कटुवालले हस्ताणतरन गर्नु भएको छ । घर पुन निर्माणका लागि आवश्यक सहयोग पुगोस भन्ने उद्देश्यका साथ निरज कटुवालबाट १० हजार एक सय, नरेन्द्र बस्नेतबाट ५ हजार एक सय, महेशकुमार कटुवालबाट ५ हजार एक सय, मेघराज थापाबाट पाँच हजार एक, रोहित थापाबाट पाँच हजार, निकेश कटुवालबाट तीन हजार, लिनम राउतबाट तीन हजार, भरत थापाबाट दुई हजार पाँच सय, सिमा हमालबाट दुई हजार पाँच सय, धमान मगरबाट दुई हजार एक, राजिव दाहालबाट दुई हजार एक, नेत्र राउतबाट दुई हजार एक, विक्रम रायाबाट दुई हजार, सजल निरौलाबाट एक हजार पाँच सय र अर्जुन पहाडीबाट एक हजार एक सय गरी ५१ हजार ९ सय ४ रुपैया हस्ताणतरन गरिएको हो ।