Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

शिवालयमा श्रद्धालुको घुइचो तुलसी सहकारी र गार्डेनमार्ट द्धारा चियापान वितरण

  • उपहार न्यूज
  • मंगलबार, फाल्गुन १७ २०७८
शिवालयमा श्रद्धालुको घुइचो तुलसी सहकारी र गार्डेनमार्ट द्धारा चियापान वितरण

उपाहार न्यूज
उदयपुर फागुन १७
शिवरात्री पर्वको अबसरमा उदयपुरका शिवालयहरुमा पनि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ । अघिल्लो बर्षहरु भन्दा यस बर्ष शिवालय मन्दिरहरुमा श्रद्धालू भक्तजनहरुको पुजा गर्ने संख्या बृद्धि भएको हो । उदयपुरको विशेषगरी सदरमुकाम गाईघाटमा रहेको इन्द्रेश्वर महादेव ढिम्कीमा विगत बर्ष झै यस बर्ष पनि शिवालयमा पुजा गर्नेको संख्या बृद्धि भएको छ । विहानै देखि शिवालयमा श्रद्धालुहरुको आगमन दिउसो सम्म रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो । मन्दिरमा करिब १० हजार भक्तजनहरुले आलोपालो गरेर पुजा अर्चना गरेका छन् ।

यता भक्तजनहरुलाई सहजताको लागि तुलसी बहुमुखी सहकारी संस्थाद्धारा संचालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले निःशुल्क चिया र पानी उपलब्ध गराएको छ ।
विगत बर्षहरुमा झै यस बर्ष पनि गार्डेन मार्टले भक्तजनहरुको लागि चियापानको कार्यक्रम गरेरको गार्डेन मार्टका शाखा प्रबन्धक संगीत पोख्रेलले जानकारी दिनु भयो ।

तुलसी बहुमुखी सहकारीले गरेको यस किसिमको कार्यक्रम प्रति भक्तजनहरु समेत खुसी रहेको तुलसी बहुमुखी सहकारीका शाखा प्रबन्धक सिताराम अधिकारीले बताउनु भयो । धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास हुदै गरेको ढिम्कीमा शिवरात्रीको अबसरमा गार्डेन मार्टले व्यवसायीक कार्य संगै यस किसिमको कर्मले राम्रो सन्देश दिने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले बताउनु भयो ।

Last updated:2022 Mar 01 Tuesday 08:04:44

प्रतिक्रिया
सम्बन्धित समाचार