उपाहार न्यूज
उदयपुर फागुन १२
जनताले चुनेर निर्वाचित गरेका जनप्रतिनिधिहरु आफ्नो पदिय मर्यादा ख्याल नगर्दा र आलोचना सहन नसक्दा कति सम्म अराजक हुन्छन भन्ने उदाहारण उदयपुरको वेलका नगरपालिकाको नगर प्रमुख दुर्गाकुमार थापाले देखाएका छन् । सधै जस्तो फेसबुक लाईभमा आएर विभिन्न बिषयमा आफ्नो धारणा राख्ने र फेसबुक लाईभमा आएको कमेण्टको आधारमा सवाल जवाफ गर्ने उनको दैनिकी नै हो ।
पछिल्लो पटक फेसवुल लाईभमा जोडिएका उनले आफ्नो फेसवुक लाईभमा कमेण्ट गरेका एक जना नागरिकलाई जेल सम्म कोच्ने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । फेसवुक लाईकमा नगर प्रमुख दुर्गाकुमार थापा प्रति लक्षित गर्दै आलोचनात्मक टिप्पणी गरेका वेलका स्थानिय विशाल लिम्बुलाई उनले धम्कीपूर्ण शैलीमा एक साता भित्र जेल कोच्ने बताएका थिए ।
मेयर थापाले फेसबुक लाईभका क्रममा स्थानिय विशाल लिम्बुले आलोचनात्मक टिप्पणी गरे पछि फेसवुक लाईभमा बोल्दै थापाले “भान्जा तिमिलाई भलिवल बेचेकोले गाउलेले कुटेको हैन, तिम्रो बावु आमाको मायाले मात्रै केहि नगरेको धेरै घमण्ड नगर्नु, तिम्रो आमा वुवाको मायाले मात्रै छोडिराछौ तिमिलाई धेरै उम्लीयौ भने पोखिन्छ है भान्जा तिमि भन्छौ भने एक साता भित्र जेल भित्र कोच्दीन्छु” भन्दै मेयर थापाले धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन् ।
मेयर थापाले फेसबुकमा धम्की दिएका विशाल थापाले आफुले जेल नै पुग्नु पर्ने त्यस्तो कुनै गल्ती नगरेको बताएका छन् । उनले आफु एक आम नागरिक भएकाले नगरपालिकाले गरेको काम प्रति चित्त नबुझेकाले कमेण्ट गरेको तर मेयर थापाले आफुले अपेक्षानै नगरेको कुरा भन्दा तीन छक्क परेको उनले बताए । मेयर थापा नगर प्रमुखको उम्मेदवार हुदै गर्दा निर्वाचनको समयमा विशाल लिम्बु आफुले सहयोग गरेको तर पछि जनअपेक्षा अनुसार काम नगरेकाले नगरप्रमुखलाई बारम्बर आलोचना सहितको खबरदारी गर्दै आएको बताए ।
नगर प्रमुख थापाले विशाल लिम्बुलाई जेल हाल्ने धम्की दिए पछि उनको सवत्र आलोचना सुरु भएको छ, मेयर थापाले आफुले फेसवुक लाईभमा बोलेको कुरा हटाएका छन् । नगर प्रमुख थापाको अभिव्यक्ति प्रति माओवादी केन्द्र वेलका नगर अध्यक्ष मनोज तामाङले सामाजिक संजाल फेसवुक मार्फत लेखेका छन् “फेसबुक लाईभ बाट जनताको छोराछोरीलाई गाली गलोज गर्ने धम्काउने गरिब जनताको छोराछोरीलाई मुद्दा हाल्ने मगज खुस्कियको जस्तो जे पायो तेहि बोल्ने बेलकाको मेयरको अभिव्यक्ति प्रति घोर भर्सना गर्दछु” ।