Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वडाध्यक्ष कपको तेस्रो खेलमा नमूना फुटबल क्लवद्धारा श्रीपुर पराजित

  • उपहार न्यूज
  • सोमबार, फाल्गुन ९ २०७८
वडाध्यक्ष कपको तेस्रो खेलमा नमूना फुटबल क्लवद्धारा श्रीपुर पराजित

किरण ढुंगाना

उदयपुर, फागुन ९ ।
उदयपुरमा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो दिन नमुना युथ क्लव कुमारी चोकले जितेको छ । प्रतियोगिताको तेस्रो खेलमा क्रेजी फुटबल क्लव श्रीपुरलाई २–० को गोलान्तरले पराजित गर्दै सेमीफाईनल यात्रा तय गरेको हो ।

जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ मा ‘वडाध्यक्ष कप’को दोस्रो संस्करण सञ्चालन भइरहेको छ । खेलको मध्यान्तरअघि बराबरीमा टुंगीएको थियो । मध्यान्तरपछि खेलको १६औं मिनेटमा हरिन्द्रनारायण चौधरीले पहिलो गोल प्रहार गरी टिमलाई खाता दिलाएका थिए ।

त्यस्तै २३औं मिनेटमा नमूनाकै खेलाडी महेश राईले १ गोल थप्दै टीमलाई अग्रतातर्फ डो¥याएका थिए । यता क्रेजी फुटबल क्लव श्रीपुर टीमका खेलाडी भने बिपक्षीबिरुद्ध कुनै पनि गोल प्रहार गर्न असफल भए । सोमबार भएको खेलमा हरिन्द्रनारायण चौधरी घोषित भए उनलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार