उपाहार न्यूज
कर्मचारी नेता सुशील बास्तोलाले कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आसन्न आठौ महाधिवेशनमा केन्द्रिय कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । २०६७ साल पौष १२ गतेबाट निजामती सेवामा लेखापाल पदबाट प्रवेश गरेका बास्तोला २०७४ मंसीर २५ गते लेखा अधिकृत पदमा नियुक्ति भएका थिए उनी हाल मोरङको लेटाङ नगरपालिकामा कार्यरत छन् । निजामती सेवामा प्रवेश गरे संगै कर्मचारी युनियनको सदस्यता लिएका उनी २०६८ सालमा नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७१ सालमा धनकुटा जिल्ला बाट महाधिवेशन प्रतिनिधि, २०७४ सालमा महालेखा नियन्त्रकको कार्यालयबाट महाधिवेशन प्रतिनिधि भएका उनी २०७७ सालमा असारमा केन्द्रिय सदस्य भएका थिए । २०७५ सालमा भएको बिभेदाकारी समायोजनमा परेका पिडित कर्मचारीको वृत्ती विकासमा निरन्तर आवाज उठाईरहेका बास्तोलाको सांगठनिक यात्रा अब केन्द्रिय कोषाध्यक्ष पदको उम्मेदवारीमा पुगेको छ । हालका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोख्रेल निकट रहेका उनले आफु कोषाध्यक्षमा निर्वाचित भए सांगठनिक सुदृढिकारणम ायोग्दान गर्ने, सम्पूर्ण कर्मचारी तथा विशेषगरी समायोजनमा परेका कर्मचारीहरुको वृत्ती विकास र अवसरका सम्बन्धमा संघिय निजामती सेवा ऐनमा पहल गर्ने अन्तरसेवा प्रतियोगीता २० प्रतिशत बनाउन पहल गर्ने तथा युनियनको कल्याणकारी कोष स्थापना गर्ने योजना रहेको बताएका छन् ।