Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कर्मचारी युनियनको प्रदेश अध्यक्षमा मान बहादुर वनको उम्मेदवारी

  • उपहार न्यूज
  • आइतबार, फाल्गुन ८ २०७८
कर्मचारी युनियनको प्रदेश अध्यक्षमा मान बहादुर वनको उम्मेदवारी

उपाहार न्यूज
कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियन  को आगामी फागुन २१ गते देखि सुरु हुने ८ औ केन्द्रिय महाधिवेशनमा प्रदेश नम्बर १ को अध्यक्षमा मान बहादुर वनले उम्मेदवारी दिने भएका छन् । कर्मचारीको हक हितको लागि नेतृत्व गर्दै आएका वनले प्रदेश नम्बर १ को अध्यक्षको लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । कर्मचारी युनियन उदयपुरको दुई कार्यकाल सचिव, दुई कार्यकाल अध्यक्ष हुदै सातौ महाधिवेशनबाट देशभरबाट लोकप्रिय मत प्राप्त गर्दै केन्द्रिय सदस्यमा वन निर्वाचित भएका थिए ।
प्रदेश नम्बर १ को अध्यक्षमा निर्वाचित भए वन स्वत केन्द्रिय उपाध्यक्षमा हुने छन्, कर्मचारी युनियनको विधान अनुसार प्रदेश अध्यक्ष केन्द्रिय उपाध्यक्ष हुने व्यवस्था रहेको छ । प्रदेश अध्यक्षको लागि बलियो दाबेदारको रुपमा उभिन लागेका वन कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन उदयपुरका उपाध्यक्ष समेत हुन् । कर्मचारी राजनितिमा लोकप्रिय वनलाई देशभरबाट लोकप्रिय मत प्राप्त हुने उन निकट कर्मचारीहरु बताउछन् । कर्मचारीको विभिन्न समस्यमा केन्द्रिय तह सम्म पुगेर समस्याको संबोधन गर्ने क्षमता राखेका कारण उनी देशभरबाट लोकप्रिय मत प्राप्त गर्दै बिजयी हुने आकलन गरिएको छ , वन हालका केन्द्रिय अध्यक्ष गोपाल पोख्रेल निकट मानिन्छन् ।

Last updated:2022 Feb 20 Sunday 16:04:17

प्रतिक्रिया
सम्बन्धित समाचार