उपाहार न्यूज
उदयपुर माघ २४
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्व उपाध्यक्ष हाल प्रदेश पार्षद रहनु भएका पत्रकार केदार कटुवालको दुःखद निधन भएको छ । एक साता अघि सवारी दुर्घटनामा परी नोवेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत कटुवालको सोमबार अस्पतालमै उपचारको क्रममा निधन भएको हो ।
प्रेस युनियन उदयपुरका समेत पूर्व उपाध्यक्ष कटुवाल केन्द्रिय पार्षद समेत हुनुहुन्थ्यो, पत्रकारिता संग शिक्षण पेशामा समेत संलग्न रहनु भएका कटुवाल नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र उदयपुरका अध्यक्ष समेत हुनुहुन्थ्यो । हिमालय टाइम्स दैनिक, इमेज च्यानलमा कार्यरत पत्रकार कटुवालको एक श्रीमती र दुई छोरा हुनुहुन्छ । कटुवालको निधन प्रति नेपाल पत्रकार महासंघ उदयपुरले समेत दुःख व्यक्त गर्दै शोक वक्तत्व जारी गरेको छ ।