Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गौरबका योजना भन्दा, आधारभुत आवश्यक्तामा पुरा गर्न नगर लाग्यो ः नगर प्रमुख राई

  • उपहार न्यूज
  • आइतबार, माघ २३ २०७८
गौरबका योजना भन्दा, आधारभुत आवश्यक्तामा पुरा गर्न नगर लाग्यो ः नगर प्रमुख राई

उपाहार न्यूज
बेल्टार माघ २३
चौदण्डिगढि नगरपालिका नगर प्रमुख खगेन्द्र राईले चौदण्डिगढि नगरपालिका उदयपुरले नगरपालिका स्थापना भए पछि नगरमा गौरबका योजना निर्माण गर्न तर्फ भन्दा पनि नगरको आधारभुत आवश्यक्तालाई पुरा गर्न तर्फ नगरपालिका उद्दत रहेको बताउनु भयो ।
उहाँले नगरपालिका हुनको लागि आवश्यक पर्ने न्यूनतम आवश्यक्ताको पहिचान गरेर नागरिकहरुलाई आधारभुत आवश्यक्ताको विकास तर्फ केन्द्रित भएर जनप्रतिनिधिहरुले काम गरेको बताउनु भयो । उहाँले शनिवार चौदण्डिगढि नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नु हुदै यस्तो बताउनु भएको हो । उहाँले तत्कालिन अबस्थामा चार गाविस र बेल्टार बसाह नगरपालिकालाई एकिकृत गर्दै बनेको चौदण्डिगढि नगरपालिकामा नगरपालिका बन्नको लागि न्यूनतम आधारभुत आवश्यक्ताको समेत अभावका विच नगरको नेतृत्व गर्नु परेको स्मरण गर्नु भयो । तत्कालिन समयमा नगरपालिकाको आफ्नो भवन थिएन, वडाहरु पुरानै गाविसको संरचनामा संचालन गरिनु पर्ने अबस्था थियो खेप केन्द्रहरु थिएन तर पनि अभावका विच नगरपालिकालाई संचालन गर्दै अघि बढेको बताउनु भयो ।
यतिवेला अधिकासं नगरपालिकाको वडाहरुमा सुविधा सम्पन्न भवन निर्माण भएका छन्, नगरपालिकाको अपाङगतामैत्री प्रशासनिक भवन निर्माण भएको छ अब भने जनतालाई सहज तरिकाले सेवा दिन सकिनेमा आफु विश्वस्त रहेको नगर प्रमुख राईले बताउनु भयो । वर्तमान शासन व्यवस्थाले तोकेको न्यूनतम आवश्यक्ता पुरा गर्न तर्फ नगर लाग्दा ठूला गौरवका योजनाहरु निर्माण गर्न नसकिएको उहाँले बताउनु भयो । शनिवार नगर भवनको एक समारोहका विच नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले भवनको उद्घाटन गर्नु भएको थियो । यता १५ शैयाको आधारभुत अस्पतालको समेत शिलन्यास गरिएको थियो । आधारभुत अस्पताल तीन बर्ष अघिनै निर्माण सुरु हुनु पर्नेमा विभिन्न प्राविधिक समस्याका कारणले गर्दा निर्माण ढिला हुन पुगेको प्रमुख राईले बताउनु भयो । नेपाल सरकारको प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभुत अस्पतालमा स्तरबृद्धि गर्ने योजना अनुरुप प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा निर्माण हुन लागेको प्रमुख राईले बताउनु भयो ।

Last updated:2022 Feb 06 Sunday 14:51:26

प्रतिक्रिया
सम्बन्धित समाचार