उपाहार न्यूज
उदयपुर माघ २२
उदयपुर जेसिजको ११ औ पदस्थापन कार्यक्रम शनिवार गाईघाटमा सम्पन्न भएको छ । गाईघाट स्थित होटल टाउन हलमा एक समारोहका विच उदयपुर जेसिजको बर्ष २०२२ को लागि निर्वाचित कार्य समितिको पदस्थापन सम्पन्न भएको हो । जेसिजको पदस्थापनमा कार्यक्रमका प्रमुख अतिथि चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले नव निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

बर्ष २०२२ का लागि उदयपुर जेसिजको अध्यक्षमा अनुप ढुंगाना, कार्यकारी उपाध्यक्षमा पवन राउत, सुरज साह उपाध्यक्षहरुमा सम्झनाकुमारी तामाङ, चेतन पोख्रेल, धनबहादुर कटुवाल र एलिसा भट्टराईलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बर्ष २०२१ कि अध्यक्ष सर्मिला थापा सबुले आफ्नो कार्यकालका पदाधिकारी तथा कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो वितरण गर्नु भएको थियो । कार्यक्रममा उदयपुर जेसिज बर्ष २०२१ का उत्कृष्ट जेसिज इश्वरमान राईलाई संस्थापक अध्यक्ष मदनराज कटुवाले सम्मान गर्नु भएको थियो । कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, बेल्टार बसाह उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की लगायत कार्यक्रमका प्रमख अतिथि चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले शुभकामना दिनु भएको थियो । १८ देखि ४० बर्ष सम्मका युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने संस्थाको रुपमा रहेको जेसिजले बर्ष २०२२ लाई स्वर्णिम बनाउनका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्ने बर्ष २०२२ का अध्यक्ष अनुप ढुंगानाले जानकारी दिनु भयो ।