Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

धेउरी गाउँमा बल्यो पहिलो पटक बिजुली स्थानिय दंग मन्त्री खड्काले गरे उद्घाटन, बालबालिकालाई न्यानो कपडा

  • उपहार न्यूज
  • बिहिबार, माघ २० २०७८
धेउरी गाउँमा बल्यो पहिलो पटक बिजुली स्थानिय दंग मन्त्री खड्काले गरे उद्घाटन, बालबालिकालाई न्यानो कपडा

उपाहार न्यूज
गाईघाट माघ २०
त्रियुगा नगरपालिका क्षेत्रको विकट गाउँ त्रिनपा ७ सरस्वती स्थित धेउरी गाउँमा पहिलो पटक बिजुली बले पछि स्थानिय दंग भएका छन् । संघिय सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले बिहिबार एक कार्यक्रमका विच बिजुली बत्तीको उद्घाटन गर्नु भएको हो ।
स्थानिय ७२ घर परिवारलाई लाभ पुग्ने गरी केन्द्रिय प्रशारण लाईनको बिजुली पहिलो पटक गाउँमा बले पछि स्थानियहरु खुसी भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा बिजुली विस्तार भए पछि नागरिक दैनिकि अब अध्यारोबाट उज्यालो तर्फ मोडिएको छ ।
बिजुली विस्तारका लागि त्रियुगा नगरपालिका वडा नम्बर ७, त्रियुगा नगरपालिका, स्थानिय नागरिकहरु र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मेहनत पछि बिजुली विस्तार भएको त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य उद्धब काफ्लेले जानकारी दिनु भयो ।
जिल्ला भ्रमणमा आउनु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्काले त्रियुगा नगरपालिका वडा नम्बर ७ का सरस्वती आधारभुत विद्यालयका बालबालिकालाई ४२ थान न्यानो कपडा र कमप्युटर हस्ताणतरन गर्नु भएको छ ।
यता त्रियुगा नगरपालिका ७ होक्सेमा पनि ५० जना विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गर्नु भएको छ । न्यानो कपडा पाए पछि बालबालिकाहरु समेत खुसी भएका छन् ।
सो क्रममा उहाँले सरस्वती गाउँमा रहेको खानेपानीको समस्यालाई यथासिघ्र पहल गरेर समस्याको सामाधानको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
जिल्ला भ्रमणको क्रममा रहनु भएका मन्त्री खड्काले उदयपुरमा निर्माणधिन त्रियुया नदिको बाध तथा त्रियुगा नगरपालिका १० बालमन्दिर माविमा भारतीय दुतावासको सहयोगमा निर्माणधि भवनको समेत अवलोकन गर्नु भएको थियो । मन्त्री खड्कालाई बालमन्दिर मावि बोक्सले स्वागत तथा सम्मान समेत गरेको छ ।

Last updated:2022 Feb 03 Thursday 13:31:12

प्रतिक्रिया
सम्बन्धित समाचार