उपाहार न्यूज
उदयपुर, माघ ५
कोरोना भाइरसलाई मध्यनगर गरेर सिभिल बैँक गाईघाट साखाले बृद्ध भत्ता वडा कार्यलयबाट वितरण गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउँदै बैँकले त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा गएर बृद्ध भत्ता वितरण गरेको हो । बैँकमा धेरै भिँडभाँड हुने र कोरोना संक्रमण फैलिन सक्ने भएपछि सम्बन्धित वडाको पायक पर्ने ठाउँमा स्वास्थ्यको मापदण्ड र सामाजिक दुरीको कायम राखेर भत्ता वितरण गरिएको बैँकका कर्मचारी दिल कटुवालले जानकारी दिए ।
वडामै भत्ता वितरण गर्दा जेष्ठ नागरिकहरुले बैँक सम्म आइपग्नु पर्ने झन्झटबाट मुक्त भएको ज्यष्ट नागरिकहरुको भनाई छ । बैँकले मंगलबार ८ नं वडामा वितरण गरेको र आज आज बुधबार) ९ नं. वडमा वितरण कार्य भइरहेको कटुवालले बताउनुभयो । भत्ता वितरण कार्यक्रममा बैँकका शाखा प्रमुख संजय सिग्देल सहित ४ जना खटिएको छन् । भत्ता सम्बन्धित वडा सँग समन्वय गरी काम गरि वितरण गरिरहेको सिभिल बैँक गाईघाट शाखाले जनाएको छ ।