उपाहार न्यूज
उदयपुर पौष २४
उदयपुर जेसिजको ११ औ शाखा आधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जेसिजको नयाँ नेतृत्वमा अनुप ढुंगाना सर्वसहमतीमा अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी कार्य कार्यकारी उपाध्यक्षमा सुरज साह र पवन राउत भएका छन् । त्यसैगरी चार उपाध्यक्षको लागि भने ५ जनाले उम्मेदवारी दर्ता भए पछि निर्वाचन प्रक्रियाद्धारा उपाध्यक्ष छनौट गरिएको छ । जेसिजको ५७ जना शाखा सदस्यमा ४० जनाले निर्वाचन प्रक्रियामा सहभागीता जनाएका थिए । प्राप्त ४० मतमा उपाध्यक्षका उम्मेदवार चेतन पोख्रेलले ३३ सम्झना तामाङले ३२ धनबहादुर कटुवालले २९ र एलिसा भट्टराईले २६ मत प्राप्त गर्दै विजयी भएका थिए, उपाध्यक्षका उम्मेदवार अनवर अलीले २२ मत प्राप्त गरेको निर्वाचन अधिकृत तथा उदयपुर जेसिजका संस्थापक अध्यक्ष मदनराज कटुवालले जानकारी दिनु भयो । कार्यक्रममा उदयपुर जेसिज बर्ष २०२१ को बार्षिक प्रतिवेदन तथा आर्थिक प्रवेदन पास गरिएको थियो । कार्यक्रम उदयपुर जेसिजका बर्ष २०२१ का अध्यक्ष सर्मिला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उदयपुर जेसिजका पूर्व अध्यक्षहरु ध्रुब पोख्रेल, ललित नायक, अर्पणा पराजुली, सन्तोष गुप्ता, रुपमअनुराग गुप्ता लगायत उदयपुर जेसिजका पूर्व पदाधिकारी तथा शाखा सदस्यहरुको उपस्तिथि रहेको थियो ।