किरनप्रसाद ढुंगाना
देउरी पौष १०
नेपाली काँग्रेस त्रियुगा वडा नं ५ वडा समितिले आयोजना गरेको नेपाली काँग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वहरुको स्वागत तथा सम्मान कार्यक्रममा बिभिन्न राजनैतिक दल परित्याग गरि १४४ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
नेकपा माओवादी, नेकपा एमाले, राप्रपा लगायत विभिन्न राजनैतिक दल परित्याग गरि आएका नव प्रवेशिहरुलाई प्रदेश नं १ का भौतिक पुर्वाधार मन्त्री तथा नेपाली काँग्रेस उदयपुरका पार्टी सभापती माननिय हिमाल कार्कीले अविरलगाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा राप्रपाका प्रदेश प्रवक्ता समेत रहनु भएका गौतम थापा, नेकपा माओवादीवाट स्थानीय निर्वाचनमा वडा सदस्य उम्मेदवार रमावति चौधरी, नेकपा माओवादी वाइसिएल दमौटि टोल कमिटिमा रहनु भएका खेद विक्रम थापा, दुर्गाराज भट्टराईलगायत ठुलो संख्यामा सकृय सदस्यहरुले नेपाली काग्रेसमा प्रवेश गरेका छन ।
नेपाली काँग्रेस १४ औं महाधिवेशनमा निर्वाचित नेतृत्वहरुको स्वागत तथा सम्मान
नेपाली काँग्रेस उदयपुर त्रियुगां.नगर वडा नं. ५ समितिले नेपाली काँग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वहरुको स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस उदयपुरका पार्टी सभापती तथा प्रदेश नं १ का भौतिक पुर्वाधार मन्त्री माननिय हिमाल कार्की, पाटी उप सभापती भिम चन्द्र राई, सचिव मुरारी खड्का, महाधिवेशन प्रतिनिधि तथा सभासद सान्तीदेवी चौधरी, जिल्ला सदस्य दुर्गा तिवारी, सुजिता चौधरी, क्षेत्रीय सचिव सन्तोष कोइराला लगायतका नेताहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । क्षेत्रीय सदस्य अर्जुन कट्वाल, प्रदेश उपसभापति चन्द्र तामाङ सचिब कुबेर ग्रन्जामगर, प्रदेस प्रतिनिधि उद्दब थापा, गोमा कट्वाल प्रसुराम दाहाल, नगर सचिब केशब पौड्याल नगर सदस्यहरु लगायत लाई स्वागत तथा सम्मान गरेको थियो ।