Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरबाट कांग्रेस केन्द्रिय सदस्यमा कार्की र परियार निर्वाचित

  • उपहार न्यूज
  • बिहिबार, पुष ८ २०७८
उदयपुरबाट कांग्रेस केन्द्रिय सदस्यमा कार्की र परियार निर्वाचित

उपाहार न्यूज
उदयपुर पौष ८
नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट उदयपुरबाट प्रतिनिधित्व गर्ने दुई जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको केन्द्रिय समितिको लागि मंसीर २७ गते सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार खस आर्यबाट केन्द्रिय सदस्य पदमा कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती समेत रहेका नारायण बहादुर कार्की निर्वाचित भएका छन् । खस आर्यको ७ जना कोटामा कार्की निर्वाचित भएका हुन्, कार्की पूर्व संविधान सभा सदस्य हुन् उनी २०७४ सालको निर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ का उम्मेदवार हुदाँ वम विस्फोटमा परी घाईते भई एउटा खुट्टा समेत गुमाएका थिए । त्यसैगरी कांग्रेसको केन्द्रिय सदस्यमा दलित महिला तर्फबाट लक्ष्मी परियार निर्वाीचत भएका छन् । दलित महिलाको ४ जना कोटा मध्य परियारले पहिलो मत प्राप्त गर्दै सानदार जीत सहित दलित महिलाको केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन् । परियार १३ औ महाधिवेशनमा पनि केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन, पूर्व संविधान सभा सदस्य समेत रहेकी परियार हाल प्रतिनिधि सभा सदस्य समेत हुन् । कार्की र परियार दुवै संस्थापन पक्षबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्, संस्थाप पक्षले १४ औ महाधिवेशनमा पदाधिकारी सहित हाल सम्मको परिणाममा करिब ८० प्रतिशत आफ्नो पक्षका उम्मेदवार जिताउन सफल भएका छन् । कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित नारायण बहादुर कार्की र लक्ष्मी परियार प्रधानमन्त्री समेत रहेका सभापती शेर बहादुर देउवाका विश्वासपात्र समेत हुन् ।

Last updated:2021 Dec 23 Thursday 13:43:45

प्रतिक्रिया
सम्बन्धित समाचार