उपाहार न्यूज
उदयपुर पौष ७
चौदण्डिगढि नगरपालिका १ का मृगौला पिडित १९ बर्षिय निशान राईको उपचारको लागि पत्रकार तथा उपाहारकर्मी विज्ञान पराजुलीको पहलमा सहयोग जुट्ने क्रम सुरु भएको छ ।
चौदण्डिगढि नगरपालिकाबाट पत्रकारितामा क्रियाशिल जीवन राईको छोरा निशान स्नातक तहमा अध्यानरत छन् । विराट नर्सिङ होममा उपाररत निसान राईका पत्रकार तथा उपाहार न्यूज डटकमका काठमाण्डौ प्रतिनिधि बिज्ञान पराजुलीले उपचारको लागि सहयोगको पहल सुरु गरेका थिए ।
पराजुलीको पहलमा राईलाई अमेरीका बाट २१ हजार बढी आर्थिक सहयोग जुटेको हो । अमेरीकामा रहेका आफ्नो नेपाली साथीहरु काठमाण्डौँका बिष्णु गरिले ३१ डलर, पोखराका किसा थापाले ३० डलर, बुटवलको राजकाजी कालीकोटेले ५० डलर र उदयपुरका हस्त श्रेष्ठले ७० डलर गरी २१ हजार ७ सय सहयोग गरेको छ । उनिहरु हाल सबै जना अमेरिका बसोबास गर्ने नेपालीहरु हुन् । पत्रकार पराजुलीले व्यक्तिगत रुपमा पनि १ हजार सहयोग गरेको छ । निसानको बिराटनगरमा केहि समय देखी हस्पिटलमा राखेर उपचारको काम भईरहेको छ । टाउकोको समस्याले काठमाण्डौँ लगेर घर पर्काउने बित्तिकै निसानलाई मृगौलामा समस्या देखिएको थियो ।
यसै विच विराट नर्सिङमा उपचाररत निशानको उपचारको लागि नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का, चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई र कांग्रेसका युवा नेता लवराज अधिकारीको समन्वयमा विराट नर्सिङ होममा उपचारमा छुट हुने भएको छ ।
विराट नर्सिङ होमका संचालक ज्ञानेन्द्र सिंह कार्की संग विशेष पहलमा उपचारमा १०० प्रतिशत छुट र औषधिमा ३५ प्रतिशत छुट हुने गरी मन्त्री डा.खड्का, नगर प्रमुख राई र युवा नेता अधिकारीको विशेष पहल भएको पारिवारिक स्रोतले जानाएको छ ।