Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

फ्युजन फुटवल क्लबद्धारा सहयोगीलाई सम्मान, दाजु भाई समुहले गरे जर्सी सहयोग

  • उपहार न्यूज
  • मंगलबार, पुष ६ २०७८
फ्युजन फुटवल क्लबद्धारा सहयोगीलाई सम्मान, दाजु भाई समुहले गरे जर्सी सहयोग

उपाहार न्यूज
उदयपुर पौष ६
उदयपुर जिल्ला फुटवल लिग विजेता फ्युजन फुटवल क्लबलाई दाजु भाई समुह दोहा कतारले जर्सी प्रदान गरेको छ । त्रियुगा नगरपािलका वडा नम्बर १० बोक्से नयाँबस्तीमा स्थापना भएको फुटवल क्लबलाई प्रदान गरिएको जर्सी एक कार्यक्रमका विच सार्वजनिक गर्दै क्लबलाई हस्ताणतरन गरिएको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से नयाँबस्तीमा आयोजित कार्यक्रममा दाजु भाई समुह दोहा कतारका नेपाल प्रतिनिधि राजकुमार घिमिरेले क्लब अध्यक्ष ज्ञानेन्द्र मगरलाई जर्सि प्रदान गरिएको हो । यसै विच फ्युजन फुटवल क्लबले क्लबलाई निरन्तर सहयोग पु¥याउदै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मायाको चिनो सहित सम्मान गरेको छ ।
क्लबलाई विभिन्न समयमा क्लबका व्यवस्थापक सरोज श्रेष्ठ मार्फत सहयोग पु¥याउदै आएका त्रियुगा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रमेश रसाईली, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ, समाजसेवीहरु सुनिल लामा, राजकुमार शर्मा, राहुल यादव, संदिप दाहाल, राम श्रैष्ठ, विमल श्रेष्ठ, राजकुमार घिमिरे, आदर्श टोल विकास संस्था त्रियुगा नगरपालिका १०का अध्यक्ष केशव खड्का लगायतलाई मायाको चिनो सहित सम्मान गरेका थिए ।
कार्यक्रममा सहयोगीदाताहरुले क्लबलाई संस्थागत विकास गर्दै अघि बढाउनका लागि सुझाब दिएका थिए, क्लबलाई संस्थागत विकास गर्नका लागि आफुहरुबाट हुन सक्ने सबै सहयोग गर्ने सहयोगीहरुले प्रतिबद्धता जनाएका थिए ।

 

Last updated:2021 Dec 21 Tuesday 12:25:49

प्रतिक्रिया
सम्बन्धित समाचार