उपाहार न्यूज
उदयपुर कात्तिक २२
छठ पर्वको पूर्व सन्ध्यामा त्रियुगा नदि किनारमा सरसफाई गरिएको छ । छठ पुजा समिति, उदयपुर जेसिज, जिल्ला प्रहरी कार्यालय उदयपुर लगायत जनप्रतिनिधि तथा नागरिक समाजको सहभागीतामा छठ पुजा स्थलमा सरसफाई गरिएको हो ।
सोमबार विहान एक कार्यक्रमका विच छठ पुजा स्थलमा त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरी, उप प्रमुख देवी चौधरी, कांग्रेस त्रियुगा नगर सभापती प्रकास कुमार खड्का लगायत जनप्रतिनिधि, शसस्त्र प्रहरी वल, छठ पुजा समिति लगायत सरसफाई कार्यक्रममा सहभागी भएको उदयपुर जेसिजका अध्यक्ष सर्मिला थापा सबुले जानकारी दिनु भयो । अस्ताउदो सुर्यलाई अर्घ दिदै उदाउदो सुर्यलाई अर्घ दिएर समापन गरिने छठ पर्व यस बर्ष पनि विविध सास्कृतिक कार्यक्रम सहित संचालन गरिने आयोजक समितिका अध्यक्ष खेमनारायण यादवले जानकारी दिनु भयो । करिब २० हजार सहभागी हुने त्रियुगा नदि किनारमा हुने छठ पुजाको तयारी अन्तिम अबस्थामा पुगेको छठ पुजा व्यवस्थापन समितिका सचिव राजकुमार शर्माले जानकारी दिनु भयो ।