उपाहार न्यूज
उदयपुर कात्तिक २२
नेपाली कांग्रेसको १४ औ महाधिवेशनको पछिल्लो पटक सार्वजनिक कार्यतालिका अनुसार मंसीर ३ गते हुने प्रदेश सभा अधिवेशनको लागि उदयपुर प्रदेश सभा १ (ख) को सोमबार एक कार्यक्रमका विच उम्मेदवारी घोषणा गरिएको छ । कांग्रेस उदयपुरका प्रदेश सभा १ (ख) मा नेपाली कांग्रेस त्रियुगा नगर समितिमा दुई कार्यकाल सभापती पद सम्हालेका सरोजकुमार बस्नेत नेतृत्वको प्यालन घोषणा गरिएको छ ।

प्रदेश सभा १ (ख) को लाग उप सभापतीमा उद्धब बहादुर राउत, चन्द्र बहादुर तामाङ सचिवमा फिरन खड्का, कुवेर ग्रान्जामगर सह सचिवमा लक्षमण प्रसाद भट्टराई, अर्चना दनुवारलाई उम्मेदवारको रुपमा घेषणा गरिएको छ ।
त्यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला ७ तर्फ उद्धब कुमार थापा, संजिव कुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरत कुमार दाहाललाई उम्मेदवारको रुपमा अघि सारिएको छ । यता महिला खुल्ला ३ तर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल, रिता कार्की खड्का त्यसैगरी खस आर्य पुरुष तर्फ नरेश ढकाल महिलामा गोमा कटुवाल, जनजाती पुरुष तर्फ भक्त बहादुर मगर जनजाती महिला तर्फ मिराहाङ्ग वान्तावा, थारु प्रतिनिधिमा सत्यनारायण चौधरी र दलित प्रतिनिधिमा ध्रुब साह सोनारको उम्मेदवारी घोषणा गरिएको छ । यता क्षेत्रीय कार्य समितिमा निर्वाचित हुने ३ सदस्य तर्फ दुर्गा कठायत, अर्जुन कटुवाल र मिना दनुवारको नाम घोषणा गरिएको छ ।

यता उदयपुर क्ष्ोत्र नम्बर १ को क्षेत्रीय सभापतीमा खगेन्द्र राई, सचिवमा सन्तोष कोइराला र शुसिल खत्रीको उम्मेदवारी समेत घोषणा गरिएको छ । उम्मेदवारी घोषणा सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य लक्ष्मी परियारले क्षेत्रमा खगेन्द्र राई र प्रदेश तर्फ सरोजकुमार बस्नेत नेतृत्वको समुह समावेशी र सबैको भावनाको कदर गर्दै अघि बढ्ने भएकाले सफलता प्राप्त गर्नेमा दुई मत नरहेको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती तथा प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले नेपाली कांग्रेस उदयपुरलाई बलियो र संगठित गर्नका लागि खगेन्द्र राइ र सरोज बस्नेत नेतृत्वको टोलीलाई सहयोग गर्न आव्हान गर्नु भयो । मन्त्री कार्कीले आफु पनि जिल्ला पार्टी सभापतीको उम्मेदवा भएकाले सहयोग गर्नका लागि आग्रह गर्नु भयो ।

कार्यक्रममा क्षेत्रीय सभापतीका उम्मेदवार चौदण्डिगढि नगर प्रमुख खगेन्द्र राई, प्रदेश सभा सभापतीका उम्मेदवार सरोज बस्नेतले कांग्रेसको संगठनलाई चलायमान र संगठित गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य संजा दनुवार, नेपाली कांग्रेस चौदण्डिगढि नगर सभापती राजेन्द्र पौडेल, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, डिएलएका केन्द्रिय उपाध्यक्ष मुरारी खड्का, नेविसंघ उदयपुरका सभापती सन्तोष कोइराला, कांग्रेस उदयपुरका प्रशिक्षण विभाग प्रमुख महेन्द्र राईले शुभकामना व्यक्त गर्नु भएको थियो ।