Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नवनियुक्त मन्त्री कार्कीलाई उदयपुरमा स्वागत र बधाईको ओहिरो (फोटो फिचर)

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १९ २०७८
नवनियुक्त मन्त्री कार्कीलाई उदयपुरमा स्वागत र बधाईको ओहिरो (फोटो फिचर)

उपाहार न्यूज
उदयपुर कात्तिक १९
नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती उदयपुर प्रदेश सभा १ (ख) बाट निर्वाचित सांसद तथा नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई उदयपुरमा स्वागत तथा बधाई ज्ञापन ओहिरो लागेको छ । बुधबार साझ गृह जिल्ला उदयपुर आईपुगेका कार्कीलाई स्थानिय नागरिक, पार्टीका विभिन्न तहका नेता, भातृ तथा शुभेच्छुक संघ संगठनहरुले कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेका हुन् ।
मन्त्री कार्कीलाई बुधबार त्रियुगा नगरपालिका वडा नम्बर ७, वडा नम्बर ५ र वेलका नगरपालिका वडा नम्बर ८, चौदण्डिगढि नगर कार्य समितिले स्वागत तथा बधाई ज्ञापन गरेको थियो ।
विहिबार त्रियुगा नगरपालिका वडा नम्बर ७ वडा कार्य समिति, वडा नम्बर ८ वडा कार्य समिति, त्रियुगा नगरपालिका वडा नम्बर ३ र रौतामाई गाउँपालिकाले मुकुर्चीमा स्वागत तथा बधाई ज्ञापन गरेको थियो । कार्यक्रममा सहभागीता जनाउदै मन्त्री कार्कीले छोटो अवधिको लागि कांग्रेसले सरकारमा सहभागीता जनाएकाले जनतालाई निरास पार्ने गरी काम नगर्ने बताए । मन्त्री कार्कीले जटिल र कठिन परिस्तिथीमा चुनौतीका विच कांग्रेसले संघ तथा प्रदेश सरकारमा सहभागी भएकाले जनताको हितमा काम गर्ने बताउनु भयो ।

Last updated:2021 Nov 05 Friday 11:43:59

प्रतिक्रिया
सम्बन्धित समाचार