Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

तामाङ पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

  • उपहार न्यूज
  • शनिबार, कार्तिक १३ २०७८
तामाङ पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

उपाहार न्यूज
उदयपुर कात्तिक १३
तामाङ पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला अविधेशन शनिवार गाईघाटमा सम्पन्न भएको छ । अधिवेशनले अमित तामाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसहमत चयन गरेको छ । तामाङ गाईघाटबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकमा आबद्ध रहेर विगत ८ बर्ष देखि काम गर्दै आएका छन् । संघको उपाध्यक्षमा त्रियुगा टाइम्स साप्ताहिकमा कार्यरत सन्तोष कला तामाङ सचिवमा युके एफ.एम कटारीमा कार्यरत तारा ब्लोन तामाङ सह सचिवमा मिलन लो तामाङ, कोषाध्यक्षमा उपाहार एफ.एमकी समाचार बाचिका सम्झना तामाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा यमुना गोले, भेषमोहन गोले, असोक तामाङ र कुसुम तामाङ रहेका छन् ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा सन्तोषकला तामाङ, तारा ब्लोन तामाङ र असोक तामाङलाई चयन गरेका छन् त्यसैगरी महाधिवेशन प्रतिनिधिभा सम्झना तामाङ र यमुना गोले तामाङ सर्वसहमत निर्वाचित भएका छन् । यता सल्लाहकारहरुमा मोहन गोले तामाङ, दिल बहादुर तामाङ, इश्वर तामाङ, जयन्तीकला तामाङ र विश्वराज तामाङ चयन भएका छन् ।


कार्यक्रमको उद्घाटन शत्रलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले तामाङ समुदाय भित्रको मुद्धालाई उठान गरेर अन्य समुदाय सम्म पु¥याएर काम गर्न तामाङ पत्रकारहरुलाई आग्रह गरेका थिए ।
अध्यक्ष खड्काले तामाङ समुदाय भित्रको भाषा, धर्म र सस्कृतिको बिषयमा अन्य समुदाय जानकार नहुने हुदाँ आफ्नो समुदायको कला र सस्कृतिको बिषयमा अन्य समुदाय सम्म पु¥याउन तामाङ पत्रकारले भुमिका खेल्नु पर्ने बताउनु भयो । कार्यक्रममा वानका केन्द्रिय सदस्य रेणु पराजुली, नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सह सचिव देवराज राईले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय सदस्य विश्वराज तामाङले तामाङ पत्रकार संघ तामाङ पत्रकारहरुको भावनात्मक एकता कायम गर्ने संगठन भएकाले आफ्नो समुदायको विकास र कला संस्कृतिको जगेर्नामा लागि परेको बताए । कार्यक्रमको अध्यक्षता जेष्ठ तामाङ पत्रकार इश्वर तामाङले गरेका थिए कार्यक्रममा बोल्दै तामाङले पत्रकारका सबै संघ र संगठन संग सहकार्य गर्दै तामाङ पत्रकार संघ अघि बढेको बताउनु भयो । उहाँले समुदायको उत्थान र व्यवसायीक पत्रकारिताको विकासमा लाग्नका लागि तामाङ पत्रकार संघले काम गर्ने बताउनु भयो । कार्यक्रममा तामाङ पत्रकार संघको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित स्वर्गीय नरेशमोहन तामाङको स्मृतिमा मौनधारण तथा माल्र्यापण समेत गरिएको थियो ।

Last updated:2021 Oct 30 Saturday 10:31:19

प्रतिक्रिया
सम्बन्धित समाचार