Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कोभिड प्रतिकार्यमा रेडक्रस परिचालन

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक ११ २०७८
कोभिड प्रतिकार्यमा रेडक्रस परिचालन

उपाहार न्यूज
उदयपुर कात्तिक १२
कोभिड १९ को संक्रमणलाई थप फैलन नदिन र यसबाट समुदायलाई बचाउनका लागि नेपाल रेडक्रस सोसाईटीले समुदाय स्तरमा पूर्व तयारी तथा प्रतिकार्यको अभियानलाई अघि बढाएको छ । उदयपुरमा पनि कोभिड १९ को संक्रमणबाट देखिएको असरलाई कम गर्नका लागि अन्तराष्ट्रि रेडक्रस महासंघको सहयोगमा रेडक्रसले कोभिड १९ प्रतिकार्य अभियान सुरु गरेको हो ।
कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य अप्रेसन परियोजना अन्तर्गत रेडक्रसले जिल्लाका विभिन्न स्थानमा अभियानलाई प्रभावकारी ढंगलजे संचालन गरेको छ । परियोजनाको बिषयमा रेडक्रस उदयपुरका पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रमका विच जानकारी दिए संगै अभियानलाई थप प्रभावकारी बनाउनका लागि रेडक्रसका स्वंमसेवकहरु परिचालन गरिएको परियोजनाका कार्यक्रम संयोजक सलिम खानले जानकारी दिनु भयो । परियोजनाले कोभिड संबन्धि जनचेतनामुलक प्रचार प्रसार, हाल खोप संचालन भएको स्थानमा स्वंमसेवक परिचालन गरी खोप अभियानलाई प्रभावकारी बनाउने अभियानमा लागि परेको खानले जानकारी दिनु भयो
रेडक्रसद्धारा परिचालित स्वमसेवकले खोप संचालन भएको स्थानमा मनोवैज्ञानिक परामर्श दिने, स्वंमसेवक परिचालन गर्ने लगायतका कार्यहरु गरिरहेको जानकारी दिएको छ । जिल्लाभर २५ जना स्वंमसेवकहरु रेडक्रसले परिचालन गरेको छ, रेडक्रसले कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य अपरेसन परियोजना बाट कोभिडवाट प्रभावित तथा आईसोलेसन सेन्टर संञ्चालन भएको नगरपालिका तथा गाउँपालिकामा पुगेर विभिन्न सेवाहरु दिई रहेको जनाएको छ ।

 

Last updated:2021 Oct 28 Thursday 12:13:34

प्रतिक्रिया
सम्बन्धित समाचार