Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा एमाले पालिका अधिवेशन पाँचमा नयाँ नेतृत्व, तीनमा सहमतीको प्रयास

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १० २०७८
उदयपुरमा एमाले पालिका अधिवेशन पाँचमा नयाँ नेतृत्व, तीनमा सहमतीको प्रयास

उपहारन्यूज-
उदयपुर, कात्तिक १० ।

नेकपा एमाले देशभरका ७५३ वटै स्थानिय तहमा अधिवेशन गरिरहदा उदयपुरका आठ स्थानिय तहमा अधिवेशनको रौनक देखिएको छ । कात्तिक ९ गतेको लागि तोकिएको अधिवेशनमा उदयपुरका पाँच स्थानिय तहमा सर्वसहमत नेतृत्व चयन भएको छ, बाकी तीन स्थानिय तहमा भने सहमतीको अन्तिम प्रयास भैरहेको नेकपा एमाले उदयपुरले जनाएको छ । राज्यको पुनसंचना पछिको पहिलो अधिवेशनको रुपमा लिईएको अधिवेशन अन्तर्गत उदयपुरको कटारी नगरपालिकामा संजिक कार्की अध्यक्ष, मोहन तामाङ उपाध्यक्ष, अम्वर खुलाल मगर सचिव र शोभा कार्की र क्षेत्र खड्का उप सचिवमा निर्वाचित भएका छन् । त्यसैगरी रौतामाई गाउँपालिकामा केशव राई अध्यक्षमा निर्वाचित भएका छन्, उपाध्यक्षमा खिलराज राई, सचिवमा ललित मगर, उप सचिवमा देवीमाया दाहाल र चेत बहादुर थापा निर्वाचित भएका छन् ।

सर्वसम्मत चयन भएका पालिका अध्यक्षहरु ।

यता उदयपुरगढि गाउँपालिकामा अम्वर खत्री अध्यक्षमा निर्वाचित भएका छन्, उपाध्यक्षमा कुमारी मगर, सचविमा खेम पाचे मगर, उप सचिवमा दिपक तामाङ र ओम मग्राती सार्की चयन भएका छन् । त्यसैगरी ताप्ली गाउँपालिकामा तोप बहादुर ज्यू ठकुरी अध्यक्ष, मनकुमारी थापा उपाध्यक्ष, सुवास ज्यू ठकुरी सचिव र विर बहादुर सुनुवार उप सचिवमा निर्वाचित भएका छन् ।

यता लिम्चुङबुङ गाउँपालिकामा भलराज राई अध्यक्ष, ज्ञानकुमार राई उपाध्यक्ष, राजकुमार राई सचिव, मनराज राई र देवकुमारी कार्की उप सचिवमा सर्वसहमत निर्वाचित भएको नेकपा एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउतले जानकारी दिनु भयो । यता उदयपुरको त्रियुगा, चौदण्डिगढि र वेलका नगरपालिामा भने नेतृत्वको लागि आकाक्षीहरु धेरै भए पछि सर्वसहमतीको प्रयास भैरहेको जानकारी प्राप्त भएको छ ।

यो समाचार तयार पार्दा सम्म एमालेको त्रियुगा नगरपालिकाको नेतृत्व लिनका लागि अध्यक्षमा सृजना दनुवार, केशव घिमिरे, दुर्गानन्द चौधरी र कुल बहादुर राउतले उम्मेदवारी दिए पछि सहमतीको प्रयास भैरहेको एक नेताले जानकारी दिए । यता उपाध्यक्ष पदको लािग युवा नेता सागर नेपाल, कुमार घिमिरे, कृष्ण पराजुली, सन्तोष रौनियार, लोकेश कटुवाल र गणेश दनुवारले दावी गरेका छन् ।

त्यसैगरी उचिव पदमा गम्वरसिंह बराल, रमेश कार्की, भुवन दाहाल, विश्वराज भट्टराई र इश्वर खड्काको दावी छ, उप सचिव २ पदको लागि १० जनाले उम्मेदवारी दिएका छन् । उप सचिव पदमा विष्णु श्रेष्ठ, नवराज भट्राई, ध्वजकुमार राउत, कासीनाथ साह, देवी कटुवाल, योगेन्द्र बहादुर दाहाल, सृजना पौडेल खत्री, तीर्थ बहादुर दनुवार, राज बहादुर कार्की र कृष्ण कुमार विष्टले उम्मेदवारी दिएका छन् ।

यता चौदण्डिगढि नगरपालिकाको अध्यक्ष पदमा श्याम राई र भोलाचन्द्र राई र वेलका नगरपालिका अध्यक्षमा गणेश बस्नेत, ढक बहादुर बिष्ट, कृष्ण काफ्ले र भरत दर्लामी मगर अध्यक्ष पदका लागि उम्मेदवारी दिए पछि सहमतीको अन्तिम प्रयास भैरहेको नेकपा एमालेका नेता दिपक दंगालले जानकारी दिए ।

Last updated:2021 Oct 27 Wednesday 12:36:53

प्रतिक्रिया
सम्बन्धित समाचार