Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कांग्रेस त्रियुगामा प्रकास खड्का जित निश्चित

  • उपहार न्यूज
  • शनिबार, असोज ९ २०७८
कांग्रेस त्रियुगामा प्रकास खड्का जित निश्चित

उपाहार न्यूज
गाईघाट असोज ८
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत नगर तथा गाउँपालिका स्तरीय नेतृत्व चयनको लागि आज निर्वाचन हुदै छ । उदयपुरको आठ स्थानिय तह मध्य यतिवेला सबैको चासो त्रियुगा नगरपालिकामा केन्द्रित भएको छ । उदयपुरको जिल्ला सदरमुकाम भएको कारणले पनि त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसको अबको नेतृत्व प्रति सबैेको चासो सबैको चासोको बिषय बनेको छ ।
नेपाली कांग्रेसको त्रियुगा नगर समितिको नेतृत्वको लागि त्रियुगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष प्रकासकुमार खड्का र वर्तमान नेपाली कांग्रेस त्रियुगा नगर समितिका सचिव सुमनकुमार चौधरी प्रतिस्पर्धामा छन् । कांग्रेस नेतृत्वय चयन गर्नका लागि त्रियुगा नगरपालिका क्षेत्र भित्रका करिब ३८० कांग्रेस मतदाता आज मतदान गर्ने छन् । नेपाली कांग्रेस त्रियुगा नगर समितिको नेतृत्वमा उत्रीएका खड्का र चौधरी मध्ये नगर समिति सभापती पदमा खड्काले बाजी मार्ने एक कांग्रेस मतदाताले बताए ।
त्रियुगा नगरपालिका भित्रबाट झण्डै ७० मतको अन्तरले प्रकास कुमार खड्काले नगर सभापती पदमा निर्वाचित हुने एक सर्वेक्षणले देखाएको छ । प्रकास कुमार खड्काको व्यक्तित्व र नेतृत्व गर्ने क्षमताको आधारमा पनि नेता कार्यकर्ताले खड्काको मुल्यांकन गर्ने कांग्रेस कर्यकर्ताहरु बताउछन् ।
नेपाली कांग्रेस त्रियुगा नगर सभापती पदका प्रत्यासी खड्का लामो समय देखि विभिन्न क्षेत्रको सफल नेतृत्व गर्दै आएका छन् । खड्का लामो समय बाबरी सामुदायीक वनको अध्यक्ष, बालमन्दिर माध्यमीक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् ।
शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समय विताएका खड्का कांग्रेस त्रियुगा नगर समितिको नेतृत्व लिनका लागि सक्षम उम्मेदवार भएको कांग्रेस नेता गीता फयलले बताउनु भयो । २०४९ सालमा साविकको त्रियुगा नगरपालिका १ मा वडाध्यक्षमा निर्वाचित भएका खड्का २०७४ को स्थानिय तहको निर्वाचनमा त्रियुगा नगरपालिका वडा नं. १० बाट वडाध्यक्ष निर्वाचित भएका थिए । नगर सभापती पदका उम्मेदवार खड्का लामो समय देखि त्रियुगा नगरपालिका भित्रका नागरिकहरु माझ भिजेकाले पनि उनलाई परिपक्क नेताको रुपमा मतदान गर्ने विश्वास लिईएको छ ।

Last updated:2021 Sep 25 Saturday 01:43:14

प्रतिक्रिया
सम्बन्धित समाचार