Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा कांग्रेसको ८४ बर्षिय वडा सभापती देखि १९ बर्षिय क्षेत्रीय प्रतिनिधि सम्म

  • उपहार न्यूज
  • सोमबार, असोज ४ २०७८
उदयपुरमा कांग्रेसको ८४ बर्षिय वडा सभापती देखि १९ बर्षिय क्षेत्रीय प्रतिनिधि सम्म

विश्वराज तामाङ
उदयपुर असोज ४
नेपाली कांग्रेसको १४ औ महाधिवेशनको सरगर्मी चलिरहदा यतिवेला स्थानिय तह केन्दित अधिवेशनको चर्चा चलिरहेको छ । भाद्र १८ गते अधिंकास जिल्लामा वडा अधिवेशन भए पनि २० जिल्लाको अधिवेशन अझै अन्यौलमा छ । भाद्र १८ गते सम्पन्न वडा अधिवेशन अन्तर्गत उदयपुरका ७५ वडा मध्ये अघिकांस स्थानमा सर्वसहमत नेतृत्व चयन भए पनि केहिमा भने निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ ।
वडा अधिवेशन सम्पन्न भैसके पछि विभिन्न जिल्लाहरुमा निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतीका चर्चा चलिरहदा उदयपुरमा पनि सबै भन्दा बढि उमेरका व्यक्ति वडा सभापतीमा निर्वाचित भएका छन् । उदयपुरमा ८४ बर्षिय नारायण भक्त बस्नेत त्रियुगा नगरपालिका ११ का वडा सभापतीमा सर्वसहमत निर्वाचित भएका छन् । वडा सभापतीका प्रत्यासी मानिएका इन्द्रनारायण साह र विनोद पाण्डे अन्तिम अबस्था सम्म पनि सभापती पदमा एकले अर्कालाई त्याग्न नसक्ने अबस्था भए पछि तेस्रो विकल्पको रुपमा बस्नेतलाई सभापतीको रुपमा अघि सारिएको थियो ।
बस्नेतको नाम अघि सारिए पछि सभापती पदका आकाक्षीहरुले पनि सहमती जनाए वडामा सके सम्म चुनाव नगराउ सर्वसहमत गरौ भन्ने सबैको उद्देश्य थियो त्यहि अनुरुप बस्नेतलाई ८४ बर्षिय उमेरमा पनि सभापतीमा निर्वाचित गरिएको एक क्रियाशिल सदस्यले बताए ।
उसो त ८४ बर्षिय बस्नेत नेपाली कांग्रेसमा आबद्ध भएको लामो समय भैसकेको छ, २०१५ सालबाट नेपाली कांग्रेसको सदस्यता लिएर पंचायत विरोधी आन्दोलनमा उदयपुरमा सक्रिय भएर लागेका थिए । क्रियाशिल सदस्यहरु मध्यकै जेष्ठ भएर बस्नेतलाई सम्मान स्वरुप सबैले वडा सभापती पदमा निर्वाचित गरिएको त्रियुगा नगरपालिका ११ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि शैलेस बस्नेतले बताउनु भयो ।
वडा सभापती पदमा निर्वाचित हुनु भएका नारायण भक्त बस्नेतले आफुलाई सबैले सम्मान गरेर सभापती पदमा निर्वाचित गरेको प्रति खसी व्यक्त गर्न भयो । मलाई आफैलाई पनि यसपटक जिल्लामा नेपाली कांग्रेसको नेतृत्व चयन गर्ने रहर थियो सबैले वडा सभापती बस्नु पर्छ भन्नु भयो सबैले सम्मान गरेर भनेको कुरा मैले पनि स्वीकार गरे सभापती बस्नेतले भन्नु भयो ।
यता सबै भन्दा कम उमेर १९ बर्षमा उदयपुरको त्रियुगा नगरपालिका ४ बाट शान्तिदेवी श्रेष्ठ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । यसै पटक नयाँ क्रियाशिल सदस्यता पाएकी शान्तिदेवी स्नातक तहमा त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्यारत छिन् । वडा अधिवेशनमा सर्वसहमत रुपमा आफुलाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गरेको प्रति उनले खुसी व्यक्त गर्दै भनिन् युवाहरु पनि राजनितिको मुलधारमा आउनु पर्छ भन्ने मान्यताको साथ म राजनितिमा लागेकी हु, म जस्ता थुप्रै युवाहरुलाई पार्टीले अबसर दिए राम्रो हुने थियो ।

Last updated:2021 Sep 20 Monday 12:46:12

प्रतिक्रिया
सम्बन्धित समाचार