उपाहार न्यूज
उदयपुर असोज ३
नेकपा एकिकृत समाजवादी पार्टी उदयपुरको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आईतबार उदयपुर सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ ।
एमालेबाट विभाजन पश्चात पहिलो पटक एकिकृत समाजवादी पार्टीले उदयपुरमा ठूलो संख्यामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । अगुवा कार्यकर्ता भेलामा जिल्लाभरबाट करिब १५ सय जनाको सहभागीता रहेको नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल उदयपुरका अध्यक्ष ओम श्रेष्ठले जानकारी दिनु भयो ।
नेकपा एकिकृत समाजवादीका १ नम्बर प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनलाई एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रवक्ता जग्गनाथ खतिवडा, केन्द्रिय सदस्य वलदेव चौधरी, प्रदेश नं. १ संसदिय दलका नेता तथा केन्द्रिय सदस्य राजेन्द्र राई, जयन्ती राई, भवानी खापुङ, अनेरास्ववियुका सह अध्यक्ष युवा नेता ओसिम आलम लगायतले संवोधन गरेका थिए । कार्यक्रममा बक्ताहरुले नेकपा एकिकृत समाजवादी पार्टीको औचित्य र पार्टी संगठनलाई सुदृढ पार्नका लागि चालिने अभियानको बिषयमा संबोधन गरेका थिए ।


